१५ असार २०८३, सोमबार

प्रेमप्रसाद आचार्यको आत्मदाहले हामी सबैलाई कठघरामा उभ्याएको छ- विश्वप्रकाश शर्मा

प्रेमप्रसाद आचार्यको आत्मदाहले हामी सबैलाई कठघरामा उभ्याएको छ- विश्वप्रकाश शर्मा

संघीय संसद भवनअगाडि आगो लगाएर आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको निधनलाई लिएर विभिन्न दलहरूका नेताहरूको प्रतिक्रिया आउन थालेका छन्। 

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आचार्यको आत्मदाहले हामी सबैलाई कठघरामा उभ्याएको लेखेका छन्। शर्माले दुःखी बनेर, उनलाई श्रद्धाञ्जलि दिएर मात्र उन्मुक्ति नमिल्ने ट्विट गरे। 

उनले लेखेका छन्- 'नीति बदलिएर पुगेन, थिति बसाल्दै नियति बदल्ने संकल्प, कार्ययोजना र जोड जरुरी छ, उनको आत्मदाहको ऐनामा हाम्रो अनुहार छ  केही भिन्न नसोची यो भिन्न बन्न सक्दैन'

यसअघि युवानेता रञ्जु दर्शनाले पनि अब अति भएको भन्दै आचार्यसँग पैसा लिएकाहरूले फिर्ता नगरे उनीहरूको दैलोमै आएर आन्दोलन गर्ने चेतावनी दिएकी थिइन्। 

salt training

कमेन्ट गर्नुहोस्