
मोरङको विराटनगर महानगरपालिका –१५ स्थित १ नम्बर ढाटबाट नियन्त्रित लागूऔषध लुपिजेसिक १२ एम्पुल, एभिल १२ एम्पुल, डाइजेपाम १२ एम्पुल र फेनारगन १२ एम्पुलसहित एक जना पक्राउ परेका छन् ।
उर्लाबारी नगरपालिका–७ बस्ने ३४ वर्षीय किरण मगरलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । लागूऔषध नियन्त्रण ब्यूरो रानी विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदैगरेका मगरलाई जाँच गर्नेक्रममा सो लागूऔषधसहित फेला पारी पक्राउ गरेको छ ।
त्यस्तै, सिरहाको नरहा गाउँपालिका –३ चोहर्वाबाट नियन्त्रित लागूऔषध नाईट्राभेट १ सय २६ ट्याब्लेट र कोरेक्स १०० एमएलको १ बोतलसहित पर्सा वीरगञ्ज महानगरपालिका –३२ चोर्नी बस्ने २५ वर्षीय मुन्ना महतोलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ । त्यसबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।