×

NMB BANK
NIC ASIA

सूचना प्रविधिको सबैभन्दा ठूलो मेला क्यान इन्फोटेक माघ २४ देखि

माघ १२, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

सूचना प्रविधिको सबैभन्दा ठूलो मेला क्यान इन्फोटेक आगामी माघ २४ देखि २९ सम्म काठमाडौंको भृकुटीमण्डमा हुने भएको छ ।

Muktinath Bank

कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ)को आयोजनामा २८ औं संस्करणको क्यान इन्फोटेक गर्न लागिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले यस अघि २७ औं संस्करसम्म सफलतापूर्वक सम्पन्न भएको यो मेला यस वर्षको लागि पनि घोषणा भएको बताए । मेला आयोजनका लागि आवश्यक तयारी भइरहेको पनि उनले बताए ।


Advertisment
Nabil box
Kumari

महासंघले बिहीबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरेरै क्यान इन्फोटेक गर्न लागिएको जानकारी दिएको हो ।

Vianet communication
Laxmi Bank

सूचना प्रविधिको क्षेत्रमा विकास भएका नयाँ प्रविधिको प्रदर्शनी तथा यसको क्षेत्रको विकासका लागि आवश्यक रणनीति लिने उद्देश्यले मेला आयोजना हुँदै छ ।

मेलामा ब्राण्डिङ, आईसीटी एक्ससरिज, प्रडक्ट लञ्चिङसँगै आईटी करियर काउन्सिलिङ हुने भएको छ ।

मेलामा कलेज पेभिलियन, स्टार्टअप पेलिभियन, सफ्टवेयर पेभिलियनको व्यवस्था गरिएको महासंघले जानकारी दिएको छ । सूचना प्रविधिसम्बन्धी यो मेलामा नेपाली इनोभेसन, प्रतिभा र स्टार्टअपलाई विशेष प्रवर्द्धन गरिएको छ।

मेलाको हरेक दिन पर्यटन बोर्डको हलमा आर्टिफिसियल इन्टेलिजेन्स, बिग डेटा, मसिन लर्निङ, क्लाउड कम्प्युटिङ तथा अन्य पछिल्ला टेक्नोलोजी ट्रेण्डिङका विषयमा कन्फ्रेन्ससमेत हुने भएको छ ।

मेलामा ९० वटा स्टल बुकिङ भइसकेका छन् ।

यस पटकको क्यान इन्फोटेकलाई करीब ३ लाख दर्शकले अवलोकन गर्ने महासंघले अपेक्षा गरेको छ ।

काठमाडौंमा यो मेला सकिएपछि महासंघले सातै प्रदेशमा क्यान इन्फोटेक गर्ने भएको छ । महासंघका अनुसार मधेश प्रदेशमा ५ फागुनदेखि, सुदूरपश्चिम प्रदेशमा १३ फागुनदेखि, गण्डकी प्रदेशमा २६ फागुनदेखि, बागमतीमा २ चैतदेखि ५ दिनसम्म मेला आयोजना हुने भएको छ ।

बाँकी ३ वटा प्रदेशमा भने क्यान इन्फोटेकको मेला आयोजना मिति घोषणा हुनै बाँकी रहेको उल्लेख छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज २७, २०८०

नेपाल टेलिकमले चाडपर्व अफर उपलब्ध गराउने भएको छ ।  नेपालीहरूको महान चाड दशैं, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरूको अवसरमा नेपाल अफर उपलब्ध गराउने टेलिकमले जनाएको छ । यस अन्तर्गत कम्पनीका ग्राहक...

कात्तिक १४, २०८०

ह्वावे क्लाउड ग्लोबल इकोसिस्टमका अध्यक्ष काङ निङले साझेदारीले नयाँ मूल्यको लागि मार्ग प्रशस्त गर्ने बताएका छन् । आफ्नो मन्तव्यका क्रममा श्रीकाङले ह्वावे क्लाउड इकोसिस्टमका पछिल्लो प्रगति र उपलब्धिहरू बताउँदै भरपर्दो, स्...

कात्तिक ९, २०८०

ओटीटी (ओभर द टप) प्रति कोभिड–१९ नियन्त्रणका लागि गरिएको लकडाउनका समयमा निकै आकर्षण बढ्यो । घरमै रहन बाध्य दर्शकले मनोरञ्जनको विकल्पका रूपमा ‘डिजिटल प्लेटफर्म’ रोजे ।  अन्तर्राष्ट्रियरूपम...

फागुन ६, २०८०

काठमाडौंको द ब्रिटिस कलेज (टीबीसी) र प्रिक्सा टेक्नोलोजीबीच साझेदारी (एमओयूम) मा हस्ताक्षर भएको छ ।​ आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा मेसिन लर्निङलाई शिक्षासँग जोड्न ब्रिटिस कलेज र प्रिक्सा टेक्नोलोजीबीच रणनी...

कात्तिक ३, २०८०

नेपाल टेलिकमले नेपालीहरूको महान चाड बडादशैंको अवसरमा आफन्त र साथीभाइलाई एकैपटक शुभकामना सन्देश पठाउन सकिने व्यवस्था गरेको छ । यस प्रकारको सामूहिक सन्देश (ग्रुप एसएमएस) सेवा पहिलेदेखि नै सञ्चालनमा रहेको टेल...

असोज २४, २०८०

हाम्रो पात्रो मोबाइल एपभित्र रहेको डिजिटल वालेट ‘हाम्रो पे’बाट भुक्तानी गर्दा अब ‘कोइली’ कराउने भएको छ । ​ बिज क्राफ्ट कम्पनीले तयार पारेको ‘कोइली’ नामक अडियो उपक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x