३१ असार २०८३, बुधबार

घुस लिएर कार्यालयबाट बाहिरिँदै गर्दा समातिए ढुङ्गेल

घुस लिएर कार्यालयबाट बाहिरिँदै गर्दा समातिए ढुङ्गेल

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका कर्मचारी १ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।  झापाको दमक घर भई भक्तपुरको बालकोट बस्ने विभागका इन्जिनियर (आठौँ तह)   योगेन्द्र ढुङ्गेललाई बिहीबार साँझ पक्राउ परेको हो । 

काठमाडौँ महानगरपालिका वडा नम्बर ११ स्थित विभागको कम्पाउन्डबाट बाहिर निस्कने क्रममा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । खानेपानीको जार तथा मिनरल वाटर कम्पनीका सञ्चालकको काम गर्नका लागि उनले घुस मागेको उजुरीका आधारमा अख्तियारको टोली विभाग पुगेको थियो । 

अख्तियार स्रोतका अनुसार उजुरीकर्ताको श्रीमतिको नाममा रहेको कम्पनीबाट खानेपानी जार तथा मिनरल वाटर भरी बिक्री वितरण गर्नका लागि विभागबाट अनुज्ञा पत्र लिनुपर्ने व्यवस्था बमोजिम अनुज्ञा पत्र लिनका लागि सम्पूर्ण प्रक्रिया पुरा गर्दा पनि ढुङ्गेलले घुस मागेका थिए । अख्तियारको टोलीले ढुङ्गेललाई नियन्त्रणमा लिएर अनुसन्धान कार्य सुरु गरिएको जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्