सर्लाहीको हरिपुर्वा नगरपालिका–९ मिर्चैया बस्ने १८ वर्षीय ललन राय यादवको पानीमा डुबेर बिहीबार मृत्यु भएको छ । प्रहरीका अनुसार आफ्नो घरबाट करिब ५ सय मिटर दक्षिणमा रहेको खेतमा बोरिङबाट निकालेको पानीमा डुबेर उनको मृत्यु भएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।