०७ असार २०८३, आइतबार

माघ २४ देखि क्यान इन्फोटेक मेला हुने

माघ २४ देखि क्यान इन्फोटेक मेला हुने

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासङ्घले माघको अन्तिम साता २८ औँ क्यान इन्फोटेक मेला आयोजना गर्ने बताएको छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकसित नयाँ प्रविधि प्रदर्शनी र यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका लागि माघ २४ देखि २९ सम्म भृकुटीमण्डपस्थित प्रदर्शनी मार्गमा मेला आयोजना गर्न लागिएको क्यानले जनाएको छ । 

मेलाबारे जानकारी दिन बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष रणजित पोदारले इन्फोटेकको तयारी अन्तिम चरणमा पुगेको बताए । मेलामा सूचना तथा सञ्चार प्रविधि क्षेत्रका भित्रिएका नवीनतम प्रविधि तथा सेवाको विशेष प्रदर्शनी तथा सरोकारवालाबीच गहन छलफल हुने उनको भनाइ छ । 

प्रदर्शनीमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसङ्घ, सुबिसुलगायतका संस्थाको सहकार्य रहने क्यानले जनाएको छ । सन १९९५ देखि हरेक वर्ष आयोजना हुँदैआएको मेला यसपटक सातै प्रदेशमा आयोजना गर्ने क्यानले बताएको छ ।   

कमेन्ट गर्नुहोस्