१० असार २०८३, बुधबार

बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

स्याङ्जाको पुतलीबजार ११ करेण्डाँडामा बसको ठक्करबाट आज साँझ एक पैदल यात्रुको मृत्यु भएको छ ।

बुटवलबाट पोखरा जाँदै गरेको ना ४ ख ३८२८ नम्बरको बसले बाटोमा हिँडिरहेका पुतलीबजार ११ करेण्डाँडाका ७२ वर्षीय यामबहादुर जिटीलाई ठक्कर दिँदा जिटीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी पदमबहादुर थापाले जानकारी दिए । 

ठक्कर दिने बस तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्