०५ साउन २०८३, मंगलबार

धनगढीमा खुल्यो कन्स्ट्रक्सन सोलुसन्सको नयाँ शाखा

धनगढीमा खुल्यो कन्स्ट्रक्सन सोलुसन्सको नयाँ शाखा

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो सेवा एवं सुविधाहरू आफ्ना ग्राहकहरूमाझ विस्तार गर्न धनगढीमा आफ्नो शाखा सञ्चालनमा ल्याएको छ ।

नयाँ शाखा धनगढी वडा नं १३, मोहनपुर, गेटा, कैलालीमा खुलेको हो । धनगढी शाखामा कम्पनीको 'थ्री एस' सेवा अन्तर्गत सेल्स, सर्भिस र स्पेयर पाटपूर्जासम्बन्धी सम्पूर्ण सेवाहरू  प्राप्त गर्न सकिनेछ ।

शाखा विस्तारसँगै नेपालको सर्वाधिक बिक्री हुने हुन्डाइको एक्स्काभेटरहरू, चट्टान तथा अरू हेभि पद्धार्थ फुटाउनका लगि 'जिसुङ र रामरु ब्रान्डका हाइड्रोलिक रक ब्रेकरहरू, साथै विश्वको नम्बर एक 'एम बी। बकेट क्रसर पनि त्यहाँबाट सहजरूपमा खरिद गर्न सकिने छ ।

यससँगै निर्माण व्यवसायी तथा इक्विप्मन्ट अपरेटरहरूले भरपर्दो हेभि इक्विप्मन्ट किन्न टाढा गइरहनुपर्ने कम्पनीले जनाएको छ । साथै हेभी इक्विप्मन्टको मर्मत तथा पार्टपूर्जा पनि धनगढी शाखाबाटै सहज रूपमा प्राप्त गर्न सकिने छ ।

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्ट, नेपालको हेभी निर्माण उपकरण बजारमा महत्वपूर्ण हिस्सा ओगटेको कम्पनी हो ।

कम्पनीले उच्च पर्फमेन्स गर्ने 'नेपालको नम्बर १ एक्स्काभेट' को बिक्री वितरण गर्दछ । हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टका उपकरण लामो समयदेखि निर्माण, युटिलिटि, उत्खनन् एवं खानी उद्योगहरूको लागि प्रमुख इक्विप्मन्टको रूपमा रहँदै आएको छ । 

salt training

कमेन्ट गर्नुहोस्