चैत २, २०७९
चिकित्सा शिक्षा आयोगको परीक्षा निर्देशनालयले लिएको एमबीबीएस शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षामा प्रतिक भण्डारी ‘टपर’ बनेका छन् । भण्डारीले १७८.७५ अंकका साथ पहिलो स्थान सुरक्षित गरेका ...
त्रिभुवन विश्वविद्यालयले विधानविपरीत परीक्षा तालिका निकालेको भन्दै स्नातक चौथो वर्षका विद्यार्थीहरूले शान्तिपूर्ण प्रदर्शन गरेका छन्।
कोर्स नसकिँदै र परीक्षा फारम सकेको २ दिनमै त्रिविले परीक्षा सञ्चालन हुने गरी तालिका परिमार्जन गरेको भन्दै नेविसंघले परीक्षा नियन्त्रण कार्यालय बल्खुअगाडि प्रदर्शन गरेको हो।
त्रिविले यही पुस २९ गतेदेखि माघ २९ गतेसम्म नियमित दस्तुर र फाल्गुन ७ सम्म दोब्बर दस्तुर हुनेगरी आवेदन फारम खुलाएको थियो।
फारम खुलेको हप्ता दिन पनि नहुँदै त्रिविले फागुन १० गतेबाट परीक्षा हुनेगरी तालिका सार्वजनिक गरेको थियो ।
त्रिविले अशोभनीय, विधानविपरीत र त्रुटिपूर्ण रूपमा तालिका निकालेको भन्दै नेविसंघ स्नातक चौथो वर्षका विद्यार्थीहरू आन्दोलित भएका हुन् ।
आज नेविसंघ त्रिचन्द्र क्याम्पस, नेपाल कमर्श क्याम्पस, पाटन क्याम्पस र कोटेश्वर बहुमुखी क्याम्पसले संयुक्त ज्ञापनपत्रसमेत बुझाएका थिए ।
सामान्यतया त्रिविले परिक्षा फारम भरेको ३५ दिनपछि परीक्षा गर्ने गरेको भए पनि यो पटक परीक्षा फारम भर्ने अन्तिम मितिको तीन दिन पछिबाट परीक्षा गर्ने गरी तालिका सार्वजनिक गरेको थियो। त्यसपछि विद्यार्थी आन्दोतिल भएका हुन् ।
विद्यार्थीहरूले परीक्षा नियन्त्रण कार्यालयमा उपस्थित भएर उक्त निर्णय त्रुटिपूर्ण भएको भन्दै सच्याउन माग गरेका छन् ।
चिकित्सा शिक्षा आयोगको परीक्षा निर्देशनालयले लिएको एमबीबीएस शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षामा प्रतिक भण्डारी ‘टपर’ बनेका छन् । भण्डारीले १७८.७५ अंकका साथ पहिलो स्थान सुरक्षित गरेका ...
कृषि तथा वन विश्वविद्यालयको कृषि संकायका डिन जयप्रकाश दत्तलाई विश्वविद्यालयले निलम्बन गरेको छ । दत्तले जुम बैठक चलिरहँदा महिला कर्मचारीसित अनैतिक कार्य गरेको भिडियो सार्वजनिक भएपछि उनलाई निलम्बन गरिएको हो ।...
हिमाली जिल्ला मनाङको सदरमुकाम चामेका रविन गुरुङ भन्छन्, ‘चामेमै पढ्न पाइने जतिसम्म पढें, यहाँभन्दा माथि पढ्नलाई जिल्ला बाहिर जान सकिँदैन ।’ जिल्ला बाहिर गएर पढ्न सक्ने अवस्था नभएको रविन बताउँछन् ...
सुन्दा अचम्म लाग्न सक्छ, लोक सेवा आयोगले लिएको परीक्षामा एकै व्यक्तिले १ वर्षमा ४ वटा परीक्षा उत्तीर्ण गरिन् । तर धनकुटाकी २३ वर्षीया युवतीले १ वर्षमा ४ वटा परीक्षामा नाम निकालेकी छन् । धनकुटाकी नविना दाहालले ए...
लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयले युवाहरूका लागि गुणस्तरीय प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम ‘क्वालिटी’ परियोजना शुरू गरेको छ । स्वीस सरकारको सहयोगमा प्राविधिक शिक्षाको क्षे...
अब गुठिचौर गाउँपालिकामा स्वयंसेवक शिक्षक नराखिने भएको छ । गाउँपालिकाको शिक्षा ऐन तथा शिक्षा ऐन २०२८ लाई आधार बनाएर ‘शिक्षण सिकाइ अनुदान कोटामा स्वयंसेवक शिक्षक नियुक्तिसम्बन्धी कार्यविधि २०७९&r...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...
राजनीतिशास्त्रले ‘राज्य र सरकारको निर्माण नागरिकले आफ्नो सुरक्षा र सेवाका लागि आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर गरेका हुन्’, भन्छ । सार्वभौम शासन प्रणालीका नागरिकहरू मुख्य कर्ता हुन् र सरकार नागरिकको ...
महान् सिर्जनाका लागि लागि तपाईंको बास पनि महान् सभ्यतामै भएको हुनुपर्छ । तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा नै हुनुपर्छ । त्यसो भयो भने तपाईंको स्मृति भण्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ ...