१५ असार २०८३, सोमबार

त्रिविले विधानविपरीत परीक्षा तालिका निकालेको भन्दै नेविसंघको प्रदर्शन

त्रिविले विधानविपरीत परीक्षा तालिका निकालेको भन्दै नेविसंघको प्रदर्शन

त्रिभुवन विश्वविद्यालयले विधानविपरीत परीक्षा तालिका निकालेको भन्दै स्नातक चौथो वर्षका विद्यार्थीहरूले शान्तिपूर्ण प्रदर्शन गरेका छन्।

कोर्स नसकिँदै र परीक्षा फारम सकेको २ दिनमै त्रिविले परीक्षा सञ्चालन हुने गरी तालिका परिमार्जन गरेको भन्दै नेविसंघले परीक्षा नियन्त्रण कार्यालय बल्खुअगाडि प्रदर्शन गरेको हो।    

त्रिविले यही पुस २९ गतेदेखि माघ २९ गतेसम्म नियमित दस्तुर र फाल्गुन ७ सम्म दोब्बर दस्तुर हुनेगरी आवेदन फारम खुलाएको थियो।

फारम खुलेको हप्ता दिन पनि नहुँदै त्रिविले फागुन १० गतेबाट परीक्षा हुनेगरी तालिका सार्वजनिक गरेको थियो ।

त्रिविले अशोभनीय, विधानविपरीत र त्रुटिपूर्ण रूपमा तालिका निकालेको भन्दै नेविसंघ स्नातक चौथो वर्षका विद्यार्थीहरू आन्दोलित भएका हुन् ।

आज नेविसंघ त्रिचन्द्र क्याम्पस, नेपाल कमर्श क्याम्पस, पाटन क्याम्पस र कोटेश्वर बहुमुखी क्याम्पसले संयुक्त ज्ञापनपत्रसमेत बुझाएका थिए ।

सामान्यतया त्रिविले परिक्षा फारम भरेको ३५ दिनपछि परीक्षा गर्ने गरेको भए पनि यो पटक परीक्षा फारम भर्ने अन्तिम मितिको तीन दिन पछिबाट परीक्षा गर्ने गरी तालिका सार्वजनिक गरेको थियो। त्यसपछि विद्यार्थी आन्दोतिल भएका हुन् ।

विद्यार्थीहरूले परीक्षा नियन्त्रण कार्यालयमा उपस्थित भएर उक्त निर्णय त्रुटिपूर्ण भएको भन्दै सच्याउन माग गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्