२४ जेठ २०८३, आइतबार

प्रधानमन्त्री प्रचण्डले सूचनाको वर्गीकरणमाथि सोमबार छलफल गर्ने

प्रधानमन्त्री प्रचण्डले सूचनाको वर्गीकरणमाथि सोमबार छलफल गर्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सूचना वर्गीकरण समितिले गरेको सूचनाको वर्गीकरणमाथि छलफल गर्ने बताएका छन्।

कतिपय नीतिगत विषयलाई पनि गोप्य सूचनामा वर्गीकरण गरेको भन्दै विरोध शुरु भएको छ।

आजै मात्र नेपाली कांग्रेसका नेता शेखर कोइरालाले यस विषयमा प्रश्न उठाएका थिए।

मुख्य सचिव शंकरदाश बैरागीको नेतृत्वमा रहेको समितिले सूचना वर्गीकरण गर्दा लुकाएको आरोप लाग्दै आएको छ।    

त्यसपछि प्रधानमन्त्री प्रचण्डले वर्गीकरणप्रति चासो देखाएका हुन्।

यस विषयमा प्रधानमन्त्री प्रचण्डले सरकारको गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। ‘भोलि सोमबार सरोकारवाला पक्षहरूसँग छलफल गरी समस्या समाधानबारे आवश्यक निर्णय लिइनेछ’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्