२४ जेठ २०८३, आइतबार

अनमोलको फिल्म ‘छड्के २’को टिजर ट्रेन्डिङमा

अनमोलको फिल्म ‘छड्के २’को टिजर ट्रेन्डिङमा

अनमोल केसी स्टारर ग्याङस्टर फिल्म ‘छड्के २.०’को आधिकारिक टिजरले युट्युबमा राम्रो प्रतिक्रिया पाएको छ ।

शुक्रवार सार्वजनिक टिजरले आइतवार बेलुकासम्म ५ लाख ८० हजार बढी भ्युज पाएको छ ।

१ मिनेट ४६ सेकेन्डको टिजर युट्युब ट्रेन्डिङको दोस्रो स्थानमा छ ।

टिजरमा आएको अधिकांश प्रतिक्रिया सकारात्मक छन् । दर्शकहरुले अनमोललाई मेघास्टार भन्दै शुभकामना दिएका छन् । यो फिल्ममा अनमोलले मेनडग नामक चरित्र निर्माण गरेका छन् । 

निगम श्रेष्ठको लेखन एवं निर्देशन रहेको फिल्ममा अनमोलका साथमा रविन तामाङ, कमलमणी नेपाल, देव कुमार श्रेष्ठ, सिर्जना सुब्बा, रेशा आले मगर लगायतको अभिनय छ ।

‘छड्के २.०’ आगामी फागुन १९ गते रिलिज हुँदैछ ।

प्रशान्त गिरी र देवकुमार श्रेष्ठ यस फिल्मको निर्माता हुन् ।

salt training

कमेन्ट गर्नुहोस्