२८ जेठ २०८३, बिहीबार

अहिलेको माग भनेकै जनताको अवस्था परिवर्तन : मुख्यमन्त्री शर्मा

अहिलेको माग भनेकै जनताको अवस्था परिवर्तन : मुख्यमन्त्री शर्मा

कर्णालीका प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले अहिलेको अवस्था भनेकै जनताको अवस्था परिवर्तन भएको बताएका छन् । 

प्रेस सेन्टर नेपाल १९औँ स्थापना दिवसका अवसरमा उक्त सङ्गठनको कर्णाली प्रदेश समितिद्वारा आज राजधानी वीरेन्द्रनगरमा आयोजित ‘दिगो विकासमा आमसञ्चारको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले मुलुकको व्यवस्था बदलिए पनि जनताको अवस्था परिवर्तन हुन नसकेको बताए ।   उनले भने, “जनताको माग भनेकै उनीहरुको अवस्था बदल्नु हो । त्यसतर्फ हामी केन्द्रित हुनुपर्ने बेला आएको छ ।” 

मुख्यमन्त्री शर्माले मिडिया क्षेत्रले जनताका समस्या मात्र नभई त्यसको समाधानका उपायसमेत उजागर गर्न आग्रह गरे ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीले पत्रकारका समस्याहरू हल गर्न प्रतिबद्ध रहेको बताए ।

    पत्रकारिताजगत्मा देखिएका पत्रकारका गुनासा आगामी बजेटबाट सम्बोधन कसरी गर्न सकिन्छ भन्ने बारेमा आवश्यक परामर्श लिने उनको भनाइ थियो । 

salt training

कमेन्ट गर्नुहोस्