२६ जेठ २०८३, मंगलबार

आजको मौसम : सुदूरपश्चिम र कर्णालीमा हल्का वर्षा हुने

आजको मौसम : सुदूरपश्चिम र कर्णालीमा हल्का वर्षा हुने

आज सुदूरपश्चिम र कर्णाली प्रदेशको एक दुई ठाउँमा हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । त्यसैगरी प्रदेश १, मधेस र बागमती प्रदेशमा पनि आंशीक बदली रहने छ । 

देशभर पश्चिमी वायुको सामान्य प्रभाव कायम रहेकाले उच्च पहाडी भूभागमा हल्का हिमपात हुने पनि विभागको भनाइ छ । आज राति लुम्बिनी प्रदेशका एक दुई स्थानमा पनि हल्का वर्षाको सम्भावना रहेको छ । 

त्यसैगरी भोलि मंगलबार देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ । विभागले दिएको जानकारी अनुसार केही उच्च पहाडी भूभागमा हिमपात हुनेछ भने तराई जिल्लाका केही भागमा बाक्लो हुस्सु र कुहिरो जारी रहने छ । 

यसैबीच माघ १८ गते बुधबार प्रदेश १, गण्डकी र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ । बाँकी भूभागमा मौसम सफा रहने छ । त्यस्तै, तराईका केही भूभागमा लाग्ने कुहिरोका कारण जनजीवन प्रभावित हुने र हवाई यातायातमा सामान्य प्रभाव पर्ने विभागले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्