२३ जेठ २०८३, शनिबार

कांग्रेस सभापति देउवा र अमेरिकी उपविदेशमन्त्री नुल्यान्डबीच भेट

कांग्रेस सभापति देउवा र अमेरिकी उपविदेशमन्त्री नुल्यान्डबीच भेट

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले सोमवार शिष्टाचार भेटवार्ता गरेकी छन् ।

भेटमा द्विपक्षीय सम्बन्ध, लोकतन्त्र, विकास र सुशासनमा प्राप्त सहयोग अझ सुदृढ बनाउने विषयमा छलफल भएको पूर्व प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ ।

भेटमा देउवाले नेपाललाई अमेरिकाबाट निरन्तर प्राप्त सहयोग र समर्थनको उच्च मूल्यांकन गर्दै आभार व्यक्त गरेका थिए ।

अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड २ दिने नेपाल भ्रमणका लागि आइतवार काठमाडौं आएकी हुन् ।

उनले सन् २०२१ को अप्रिलमा राजनीतिक मामिला सम्बन्धी उपविदेश मन्त्रीका रूपमा शपथ लिएका हुन् । त्यसअघि उनी वासिङ्टन डिसीमा अवस्थित विश्वव्यापी रणनीतिक परामर्श तथा वाणिज्य कूटनीति फर्म अल्ब्राइट स्टोनब्रिज ग्रूपमा वरिष्ठ परामर्शदाताका रूपमा कार्यरत थिइन् ।

उपविदेश मन्त्री नुल्यान्ड ब्रुकिङ्स इन्स्टिच्युसनमा गैर–आवासीय सिनियर फेलो, येल विश्वविद्यालयमा वृहत् रणनीतिकी विशिष्ट अभ्यासकर्ता र नेसनल इन्डाउमेन्ट फर डेमोक्रेसीको सञ्चालक समितिकी सदस्य पनि रहिसकेकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्