धनकुटामा आयोजना गरिएको प्रादेशिक व्यापार मेला तथा धनकुटा महोत्सवमा करिब पाँच करोड रुपैयाँको कारोबार गरी सोमबार सम्पन्न भएको छ ।
माघ ६ गतेदेखि धनकुटाको तल्लो टुँडिखेलमा सञ्चालन गरिएको धनकुटा महोत्सवमा प्रादेशिक ब्यापारमेला कृषि प्रदर्शनी तथा एभोकार्डो एवं पाचौँ धनकुटा महोत्सव नाम दिइएको थियो । करिब एक लाख दर्शकले महोत्सवको प्रत्यक्ष अवलोकन गरेको आयोजकको दावी छ ।
धनकुटा उद्योग वाणिज्य संघको आयोजनामा भएको महोत्सवमा १ सय ८२ स्टल राखिएका थिए । स्टलमा कृषि र घरेलु उत्पादनका सामग्री बढी रहेका थिए । महोत्सवले धनकुटामा रहेको घरेलु उत्पादन र कृषि सामग्रीको प्रवर्धन गर्नमा सहयोग गरेको आयोजकको भनाइ छ ।