२१ जेठ २०८३, बिहीबार

पेसावर मस्जिदमा भएको हिंसात्मक हमलाको निन्दा

माघ १७, २०७९
पेसावर मस्जिदमा भएको हिंसात्मक हमलाको निन्दा

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले पाकिस्तानको पेशावरमा सोमवार भएको हिंसाको घटनाको निन्दा गरेका छन् ।

पेसवासरको पुलिस लाइन्स क्षेत्रको मस्जिदमा सोमवार भएको आत्मघाती विस्फोटमा परी ४४ जनाको ज्यान गएको घटनाको उनले निन्दा गरेका हुन् ।

संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसका प्रमुख प्रवक्ता स्टेफन डुजारिकले घटनाको निन्दा गर्दै नागरिकको शान्तिपूर्ण रूपमा आफ्ना धार्मिक आस्था भएका स्थानमा उपस्थित हुन र पूजा गर्न पाउने अधिकारको सम्मान गर्नुपर्ने बताए ।

विश्वका नागरिकले आफ्नो आस्था रहेका स्थानमा जम्मा हुन पाउने र धार्मिक कार्य  गर्न पाउने विश्वव्यापी मानवअधिकारको विषय हो भन्दै यस्ता कार्यको सम्मान गर्न उनले विज्ञप्तिमार्फत् आग्रह गरेका हुन् ।

सोमवार मस्जिदमा विस्फोट गराई धेरै नागरिकको ज्यान लिने गरी हिंसात्मक कार्य भएको छ । पेसावरको पुलिस लाइन्स इलाकामा रहेको मस्जिदमा दिउँसोको नमाजको समयमा विस्फोट भएको हो ।

स्थानीय सञ्चारमाध्यमका अनुसार आत्मघाती आक्रमणकारी प्रार्थनाको क्रममा लाइनमा बसेका व्यक्तिहरूलाई लक्षित गरिएको थियो । सुरक्षा अधिकारीहरूले बताएअनुसार विस्फोट हुँदा मस्जिदमा कम्तीमा १२० जना मानिस रहेका बताएका छन् । घाइते हुनेमा धेरै प्रहरी रहेको बताइएको छ ।

महासचिव गुटरेसले हमलामा परेर ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै उनीहरूको परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । उनले यस्ता जघन्य अपराधमा संलग्न हुने व्यक्तिको खोजी गरेर उनीहरूलाई कानूनी कारबाहीको दायरामा ल्याउनुपर्ने पनि बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्