२२ जेठ २०८३, शुक्रबार

चलचित्र प्रमोशनको नयाँ गन्तव्य बनेका सिरियल

चलचित्र प्रमोशनको नयाँ गन्तव्य बनेका सिरियल

पछिल्लो समय चलचित्र प्रमोशनको लागि टेलिसिरियलहरु नयाँ गन्तव्यका रुपमा देखिएका छन् । 

प्रशारण हुँदै आएका विशेषगरी चर्चित टेलिसिरियलहरु चलचित्र प्रमोशनका लागि निर्माता एवं निर्देशकहरुको रोजाइमा पर्दै गएका हुन् । 

प्रदर्शनको तयारीमा रहेका चलचित्रका कलाकारहरु चर्चित टेलिसिरियलमा पुगेर एक भागमा अभिनय गर्ने गरेका छन् । जहाँ उनीहरुले प्रदर्शनको तयारीमा रहेको आफ्नो चलचित्रको प्रमोशन गर्ने गरेका छन् ।

नेपालमा केही सिरियल छन्, जसले युट्युबमा प्रशारणको केही घण्टामै लाखौं भ्युज पाउँदै आएका छन् । जहाँ पुगेर अभिनय गर्दा चलचित्रबारे धेरै दर्शकलाई जानकारी दिन सकिने विश्वास निर्माता एवं निर्देशकमा हुने गरेको छ । 

यही माघको २० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘ह्यारी कि प्यारी’का अभिनेता जितु नेपाल र साम्राज्ञी राज्यलक्ष्मी शाह टेलिसिरियल ‘हल्का रमाईलो’को पछिल्लो भागमा देखिएका छन् । 

उनै जितु र साम्राज्ञी अर्का दुई सिरियल ‘कान्छी’ र ‘भुन्टी’मा पनि देखिने भएका छन् ।

आशा खड्काको लेखन, निर्माण एवं निर्देशनमा निर्माण हुँदै आएका ‘कान्छी’ र ‘भुन्टी’ अहिलेका सर्वाधिक हेरिने सिरियल हुन । 

चलचित्रको प्रमोशन हुने तरिकाले अतिथि कलाकारको रुपमा जितु र साम्राज्ञीले ‘कान्छी’ र ‘भुन्टी’मा अभिनय गरेका हुन् ।

दुबै सिरियलको आगामी भागमा दर्शकहरुले जितु र साम्राज्ञीलाई देख्न सक्नेछन् ।

salt training

कमेन्ट गर्नुहोस्