×

NMB BANK
NIC ASIA

अस्ट्रेलियामा वृद्धवृद्धालाई कुटपिट गर्ने नेपाली नर्सको मुद्दामा के हुँदैछ ?

माघ १७, २०७९

NTC
Sarbottam
9News
Premier Steels
Marvel

अस्ट्रेलियाको सिड्नीमा रहेको वृद्ध स्याहार केन्द्रमा वृद्धवृद्धालाई थप्पड हान्ने तथा धकेल्ने काम गरेको नेपाली मूलकी एक नर्सले स्वीकार गरेको ९न्युजले खबर दिएको छ । 

Muktinath Bank

अस्मिता पाण्डे नामक ती नर्स एप्पिङमा रहेको एस्टिया हेल्थमा कार्यरत थिइन् । उनी नेपालबाट वर्किङ भिसा लिएर पुगेकी थिइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एकजना वृद्धलाई उनले नुहाउने शावरको माथिल्लो भागले हिर्काएकी थिइन् । अनि अर्का वृद्धलाई मुखमा मुक्का हानेको भनी उनले आफ्ना सहकर्मीहरूसँग चियाकक्षमा घमण्ड गरेकी थिइन् । 


Advertisment
Nabil box
Kumari

उनले हिंस्रक व्यवहार देखाएपछि पोहोर साल उनलाई पक्राउ गरिएको थियो । 

Vianet communication
Laxmi Bank

उनले डिमेन्सियाबाट पीडित ९५ वर्षीय जोआन मरेलाई समेत प्रताडित गरेकी थिइन् । 

‘स्याहारमा राखिएका वृद्धलाई यस्तो दुर्व्यवहार गरिएको कुरा फोनमा सुन्नुपर्दा दिक्का लागेको छ,’ ती वृद्धकी छोरीले ९न्युजलाई बताइन् । 

थर्जिना मोरिसन नामक महिलाले जिजुआमालाई स्याहार केन्द्रमा राखेको र पाण्डेबाट उनी पनि प्रताडित भएको बताइन् । अनि पीडित भएको भनिएकी अर्की महिला रिता बललाई चोटपटक लागेकाले अस्पताल भर्ना गर्नुपरेको थियो । 

‘यो घृणास्पद कुरा हो । उहाँको तौल ४३ किलो छ र उहाँ सुतिरहनुहुन्छ,’ छोरी रोबिन बलले बताइन् । 

‘प्रत्यक्षदर्शीहरू अगाडि नआएको भए तिनले यस्तो अपराधन गरिरहने रहिछन् अनि वृद्धवृद्धालाई आक्रमण जारी राख्ने रहिछन्,’ अर्की पीडितकी परिवारकी सदस्यले बताइन् । 

एस्टिया हेल्थका प्रमुख कार्यकारी अधिकृत सीन बिल्टनले बयान जारी गरेर वृद्धवृद्धा तथा तिनका परिवारसँग माफी मागेका छन् । 

पाण्डेलाई तत्कालै काम गर्न रोकी रोजगारी सम्झौता रद्द गरिएको पनि उनले बताए । 

पाण्डे अहिले गर्भवती छिन् । उनलाई स्वास्थ्य सेवामा काम गर्न प्रतिबन्ध लगाइएको छ । 

उनलाई मार्च महिनामा सजाय घोषणा गरिनेछ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x