२५ जेठ २०८३, सोमबार

अस्ट्रेलियामा वृद्धवृद्धालाई कुटपिट गर्ने नेपाली नर्सको मुद्दामा के हुँदैछ ?

माघ १७, २०७९
अस्ट्रेलियामा वृद्धवृद्धालाई कुटपिट गर्ने नेपाली नर्सको मुद्दामा के हुँदैछ ?
9News

अस्ट्रेलियाको सिड्नीमा रहेको वृद्ध स्याहार केन्द्रमा वृद्धवृद्धालाई थप्पड हान्ने तथा धकेल्ने काम गरेको नेपाली मूलकी एक नर्सले स्वीकार गरेको ९न्युजले खबर दिएको छ । 

अस्मिता पाण्डे नामक ती नर्स एप्पिङमा रहेको एस्टिया हेल्थमा कार्यरत थिइन् । उनी नेपालबाट वर्किङ भिसा लिएर पुगेकी थिइन् । 

एकजना वृद्धलाई उनले नुहाउने शावरको माथिल्लो भागले हिर्काएकी थिइन् । अनि अर्का वृद्धलाई मुखमा मुक्का हानेको भनी उनले आफ्ना सहकर्मीहरूसँग चियाकक्षमा घमण्ड गरेकी थिइन् । 

उनले हिंस्रक व्यवहार देखाएपछि पोहोर साल उनलाई पक्राउ गरिएको थियो । 

उनले डिमेन्सियाबाट पीडित ९५ वर्षीय जोआन मरेलाई समेत प्रताडित गरेकी थिइन् । 

‘स्याहारमा राखिएका वृद्धलाई यस्तो दुर्व्यवहार गरिएको कुरा फोनमा सुन्नुपर्दा दिक्का लागेको छ,’ ती वृद्धकी छोरीले ९न्युजलाई बताइन् । 

थर्जिना मोरिसन नामक महिलाले जिजुआमालाई स्याहार केन्द्रमा राखेको र पाण्डेबाट उनी पनि प्रताडित भएको बताइन् । अनि पीडित भएको भनिएकी अर्की महिला रिता बललाई चोटपटक लागेकाले अस्पताल भर्ना गर्नुपरेको थियो । 

‘यो घृणास्पद कुरा हो । उहाँको तौल ४३ किलो छ र उहाँ सुतिरहनुहुन्छ,’ छोरी रोबिन बलले बताइन् । 

‘प्रत्यक्षदर्शीहरू अगाडि नआएको भए तिनले यस्तो अपराधन गरिरहने रहिछन् अनि वृद्धवृद्धालाई आक्रमण जारी राख्ने रहिछन्,’ अर्की पीडितकी परिवारकी सदस्यले बताइन् । 

एस्टिया हेल्थका प्रमुख कार्यकारी अधिकृत सीन बिल्टनले बयान जारी गरेर वृद्धवृद्धा तथा तिनका परिवारसँग माफी मागेका छन् । 

पाण्डेलाई तत्कालै काम गर्न रोकी रोजगारी सम्झौता रद्द गरिएको पनि उनले बताए । 

पाण्डे अहिले गर्भवती छिन् । उनलाई स्वास्थ्य सेवामा काम गर्न प्रतिबन्ध लगाइएको छ । 

उनलाई मार्च महिनामा सजाय घोषणा गरिनेछ । 

salt training

कमेन्ट गर्नुहोस्