०२ साउन २०८३, शनिबार

जी७ मुलुकमध्ये बेलायतले मात्र आर्थिक मन्दी बेहोर्ने प्रक्षेपण

माघ १७, २०७९
जी७ मुलुकमध्ये बेलायतले मात्र आर्थिक मन्दी बेहोर्ने प्रक्षेपण

विश्वका विकसित मुलुकहरूको समूह जी७ का सदस्य मुलुकमध्ये बेलायत मात्र यो वर्ष आर्थिक मन्दीको चपेटामा पर्ने देखिएको छ । 

अन्तर्राष्ट्रिय मुद्रा कोषले गरेको प्रक्षेपणअनुसार, बेलायतको कुल गार्हस्थ्य उत्पादन सन् २०२३ मा ०.६ प्रतिशतले खुम्चिनेछ । 

विकसित मुलुकहरूमध्ये अरू कुनै पनि आर्थिक संकटको स्थितिमा पुग्ने अपेक्षा गरिएको छैन । पश्चिमले आर्थिक प्रतिबन्ध लगाएको रुसको अर्थतन्त्र समेत ०.३ प्रतिशतले बढ्ने अपेक्षा छ । 

बेलायतका अर्थमन्त्री जेरेमी हन्ट तथा अन्य मन्त्रीले निराशाजनक भविष्यवाणीहरू विगतमा पनि नमिल्ने गरेको टिप्पणी गरेका छन् । 

तर सत्तारूढ टोरी पार्टीले करकटौती गर्नका लागि राखेको मागलाई हन्टले पूरा गर्न नसक्ने स्थिति छ । 

प्रधानमन्त्री ऋषि सुनक र हन्टले आगामी मार्च महिनामा ल्याइने बजेटमा राज्यकोषमा परेको भार घटाउने प्रस्तावलाई अस्वीकार गरेका छन् । महंगी नियन्त्रणमा नआउन्जेल जनतालाई राज्यले दिने सुविधा जारी रहने उनीहरूको भनाइ छ । 
 

salt training

कमेन्ट गर्नुहोस्