चैत ११, २०७९
सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले यही चैत्र १३ गते (सोमबार) सम्म मन्त्रिपरिषदलाई पूर्णता दिने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा शनिबार अपरान्ह बसेको पदाधिकारी बैठकले सो निर्णय गर...
प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहियोस् भन्नेमा आफू भएको बताएका छन् ।
पदाधिकारी बैठकपछि निस्कने क्रमममा सञ्चारकर्मीसँग प्रचण्डले आफहरू सल्लाहमै भएको र गृह मन्त्रालय नपाए पनि सरकारबाट रास्वपा नबाहिरयोस् भन्नेमा आफूहरू रहेको बताए।
‘हामी सल्लाह गर्दैछौँ । सकेसम्म रास्वपा सरकारमा इन्गेज भैराख्ने यो नटुटोस् भन्ने नै मेरो कोशिस छ,’ प्रचण्डले बैठकपछि भने, ‘गृह मन्त्रालय रास्वपालाई दिनुअघि अदालतको पूर्णपाठ कुर्नुपर्छ भन्ने धेरैको सुझाव छ ।’
रास्वपाका सभापति रवि लामिछानेले प्रधानमन्त्रीसँग भेट गर्दै गृह मन्त्रालय आफूहरूलाई दिन माग गरेका थिए । गृह नदिए सरकारबाटै फिर्ता हुने चेतानवी उनले दिएका थिए ।
तर माओवादीभित्र गृह आफ्नै दलले राख्नुपर्ने दबाब बढेको छ ।
नागरिकता र पासपोर्टमा विवादित बनेका गैरसांसद रविलाई कुनै हालतमा गृह मन्त्रालय दिन नहुने दबाब माओवादीभित्रै छ ।
तर एमाले अध्यक्ष केपी ओलीले रविलाई गृहमन्त्री बनाउन दबाब दिएका छन् । पार्टी पदाधिकारीको बैठकमा पनि प्रचण्डले रविलाई गृहमन्त्री बनाउन दबाब आएको बताएका थिए ।
बैठकमा प्रधानमन्त्री प्रचण्डले रविको नागरिकता मुद्दामा सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ नआएसम्म कसैलाई पनि गृहमन्त्री नबनाउने बताएका थिए ।
बैठकपछि उपाध्यक्ष कृष्णप्रसाद महराले सर्वोच्चको पूर्णपाठ नआएसम्म गृहमन्त्रीबारे निर्णय नहुने जानकारी दिए ।
‘सर्वोच्च अदालतको पूर्णपाठ नआउँदासम्म गृहमन्त्रीबारे थप निर्णय हुँदैन भन्ने कुराकानी भएको छ’ बैठकपछि महराले भने, ‘अहिले गृहमन्त्रीको जिम्मेवारी प्रधानमन्त्रीले नै सम्हाल्नुभएको छ, त्यही कायम रहन्छ।’
सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले यही चैत्र १३ गते (सोमबार) सम्म मन्त्रिपरिषदलाई पूर्णता दिने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा शनिबार अपरान्ह बसेको पदाधिकारी बैठकले सो निर्णय गर...
नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्र पाण्डेले नेकपा (एमाले) नेतृत्वको वर्तमान सरकारलाई दूरगामी प्रकृतिका निर्णय नलिन र कार्यान्वयन नगर्न ध्यानाकर्षण गराएका छन् । संसदीय दल...
राप्रपा नेतृ कुन्ती पोखरेलले पोख्रेलले महिलाहरू आर्थिक रुपमा पुरुषको पछि लाग्न नहुने बताएकी छन्। काठमाडौँ निर्वाचन क्षेत्र २ अन्तर्गत कागेश्वर मनोहरा नगरपालिकामा पार्टीले गरेको महिला भेलामा उनले&n...
समसामयिक राजनीतिक विषयमा छलफल गर्न कांग्रेस पदाधिकारीको बैठक शुरू भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा पदाधिकारीको बैठक शुरू भएको जानकारी देउवाका स्वकीय सचिव भानु देउवाले...
प्रचण्ड नेतृत्वको सरकारमा नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री बाहेक ५ वटा मन्त्रालय पाउने मोटामोटी सहमति भएको छ । सत्ता गठबन्धनमा भएको छलफलमा सो सहमति भएको हो । बालुवाटार स्रोतका अनुसार एकी...
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा नेपाली कांग्रेसले ८ वटा मन्त्रालय पाउने भएको छ । प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको छलफलमा कांग्रेसले ८ वटा मन्त्रालय पाउ...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...