१५ असार २०८३, सोमबार

सरकार छाड्ने रास्वपाको 'धम्की'बारे के भने प्रधानमन्त्री प्रचण्डले ?

सरकार छाड्ने रास्वपाको 'धम्की'बारे के भने प्रधानमन्त्री प्रचण्डले ?

प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहियोस् भन्नेमा आफू भएको बताएका छन् । 

पदाधिकारी बैठकपछि निस्कने क्रमममा सञ्चारकर्मीसँग प्रचण्डले आफहरू सल्लाहमै भएको र गृह मन्त्रालय नपाए पनि सरकारबाट रास्वपा नबाहिरयोस् भन्नेमा आफूहरू रहेको बताए। 

‘हामी सल्लाह गर्दैछौँ । सकेसम्म रास्वपा सरकारमा इन्गेज भैराख्ने यो नटुटोस् भन्ने नै मेरो कोशिस छ,’ प्रचण्डले बैठकपछि भने, ‘गृह मन्त्रालय रास्वपालाई दिनुअघि अदालतको पूर्णपाठ कुर्नुपर्छ भन्ने धेरैको सुझाव छ ।’

रास्वपाका सभापति रवि लामिछानेले प्रधानमन्त्रीसँग भेट गर्दै गृह मन्त्रालय आफूहरूलाई दिन माग गरेका थिए । गृह नदिए सरकारबाटै फिर्ता हुने चेतानवी उनले दिएका थिए ।

तर माओवादीभित्र गृह आफ्नै दलले राख्नुपर्ने दबाब बढेको छ ।

नागरिकता र पासपोर्टमा विवादित बनेका गैरसांसद रविलाई कुनै हालतमा गृह मन्त्रालय दिन नहुने दबाब माओवादीभित्रै छ ।

तर एमाले अध्यक्ष केपी ओलीले रविलाई गृहमन्त्री बनाउन दबाब दिएका छन् । पार्टी पदाधिकारीको बैठकमा पनि प्रचण्डले रविलाई गृहमन्त्री बनाउन दबाब आएको बताएका थिए ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले रविको नागरिकता मुद्दामा सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ नआएसम्म कसैलाई पनि गृहमन्त्री नबनाउने बताएका थिए ।

बैठकपछि उपाध्यक्ष कृष्णप्रसाद महराले सर्वोच्चको पूर्णपाठ नआएसम्म गृहमन्त्रीबारे निर्णय नहुने जानकारी दिए । 

‘सर्वोच्च अदालतको पूर्णपाठ नआउँदासम्म गृहमन्त्रीबारे थप निर्णय हुँदैन भन्ने कुराकानी भएको छ’ बैठकपछि महराले भने, ‘अहिले गृहमन्त्रीको जिम्मेवारी प्रधानमन्त्रीले नै सम्हाल्नुभएको छ, त्यही कायम रहन्छ।’

salt training

कमेन्ट गर्नुहोस्