२५ जेठ २०८३, सोमबार

युक्रेनलाई फाइटर जेट दिन बाइडनले गरे अस्वीकार

माघ १७, २०७९
युक्रेनलाई फाइटर जेट दिन बाइडनले गरे अस्वीकार

रुससँग लड्नका लागि युक्रेनले अमेरिकाबाट एफ–१६ लडाकू विमानको अपेक्षा गरेको भए पनि अमेरिकाका राष्ट्रपति जो बाइडनले त्यसलाई अस्वीकार गरेका छन् । 

सोमवार आयोजित एक प्रेसवार्तामा बाइडनले युक्रेनको माग खारेज गरेका हुन् । 

बाइनडभन्दा अघि जर्मनीले पनि आफ्नो फाइटर जेट युक्रेनलाई दिन स्पष्ट रूपमा अस्वीकार गरेको थियो । 

अघिल्लो साता जर्मनीले लेपर्ड ट्यांक र अमेरिकाले अब्राम्स ट्यांक दिएपछि युक्रेनले लडाकू विमानको अपेक्षा गरेको थियो । युक्रेनका रक्षामन्त्री ओलेक्सी रेज्निकोभले अमेरिका तथा पश्चिमी मुलुकको फाइटर जेट गठबन्धन बन्नुपर्ने बताएका थिए । युद्धको दिशा त्यसले परिवर्तन गर्ने उनको भनाइ थियो । 

युक्रेनसँग अहिले लगभग ३० वर्ष पुरानो सोभियतकालीन लडाकू विमान छ । त्यो विमानले युद्धमा युक्रेनलाई खासै फाइदा गरेको छैन । 
 

salt training

कमेन्ट गर्नुहोस्