×

NMB BANK
NIC ASIA

पशुपति क्षेत्रमा फूल र प्रसाद पसलमा पनि अनियमितता भयो- मन्त्री किराती

माघ १७, २०७९

NTC
Premier Steels

स्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल पशुपति क्षेत्रलाई सफा एवं स्वच्छ बनाउनुपर्नेमा जोड दिएका छन्।

Muktinath Bank

पशुपति क्षेत्र विकास कोषका गतिविधिबारे जानकारी लिन पुगेका मन्त्री किरातीले आज आयोजित कार्यक्रममा बाहिर हुने गरेका नकारात्मक टीकाटिप्पणी अन्त्य गरिनुपर्ने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कोषका गतिविधि चलायमान हुनुपर्ने उनको भनाइ थियो । 'कोषले राज्यसँग लिनेमात्र भन्दा पनि विश्वविद्यालय, अस्पतालजस्ता सेवामूलक सेवा दिनुपर्छ, भगवानको नामबाट सञ्चालन हुने यहाँका गतिविधि पारदर्शी हुनुपर्छ, पशुपति क्षेत्रमा रात्रिकालीन सफाइ सेवा पनि सञ्चालनमा ल्याएर सुधारको थालनी गरिनुपर्छ', मन्त्री किरातीले भने । 


Advertisment
Nabil box
Kumari

पशुपति क्षेत्रमा सञ्चालनमा रहेका फूल र प्रसाद पसलमा अनियमितता भइरहेको, बढी मूल्य तोकिने गरेको, घाट सेवामा अनियमितता हुने गरेकोलगायत गुनासा बढेकाले त्यसको समाधान गरिनुपर्ने उनको निर्देशन थियो ।

Vianet communication

राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले पशुपति क्षेत्रको गुरुयोजना निर्माणमा ढिलाइ भएको उल्लेख गर्दै विश्वमा पशुपतिनाथको पहिचान हुनेगरी गुरुयोजना बनाइनुपर्ने बताइन्।

पशुपति क्षेत्रलाई पूजापाठ गर्नेस्थलका रुपमा मात्र नभइ यहाँको महत्वलाई अन्तर्राष्ट्रियकरण गरिनुपर्ने उनको भनाइ थियो ।

कोषका सदस्य सचिव डा मिलनकुमार थापाले पशुपति क्षेत्रमा सञ्चालनमा रहेका फूलप्रसाद बिक्री कक्षमा फागुन पहिलो सातादेखि नै मूल्यसूची राख्न सूचना प्रकाशन गरिने जानकारी दिए।

पशुपति क्षेत्रमा पाइने सेवा सुविधाका विषयमा नागरिक बडापत्र राखिने जानकारी पनि उनले दिए।

घाट सेवामा आउनेसँग पैसा लिने गरिएको गुनासा आएकामा छानबिन गरेर दोषी पाइएका व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याइने प्रतिबद्धता कोषले जनाएको छ ।

पशुपति क्षेत्रबारे बाहिर राम्रो सन्देश नगएका विषयमा पनि कोषले अध्ययन गर्ने भएको छ ।

पशुपति क्षेत्रका गतिविधिलाई पारदर्शी बनाउन आफू कोषाध्यक्ष भएका बेला सबै आर्थिक गतिविधि बैंकिङ प्रणालीमा लगेको, पशुपतिनाथका नाममा रहेका सम्पत्ति एवं जग्गाको छानबिन गरी प्रतिवेदन सार्वजनिक गरी राम्रा काम गरिएको जानकारी सदस्य सचिव थापाले दिए।

पशुपतिनाथका नाममा रहेको सम्पत्ति र जग्गाको छानबिन कोषको तहबाट गर्दा स्रोत, साधन र अधिकार सीमिततका कारण सबै सम्भव नभएकाले सरकारले उच्चस्तरीय छानबिन गर्न पनि प्रतिवेदनमा सुझाव दिइएको छ ।

त्यो सुझाव छिटो कार्यान्वयन गरिनुपर्ने सदस्य सचिव थापाको भनाइ थियो । पशुपति क्षेत्रको गुरुयोजना गत पुस ८ गते कोष सञ्चालक परिषद्बाट पारित गरी मन्त्रिपरिषद्मा लैजान मन्त्रालयमा पेस गर्ने तयारी गरिएको जानकारी पनि कार्यक्रममा गराइएको थियो ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएर पुनःनिर्माण गरिनुपर्ने पशुपति क्षेत्रका ९० सम्पदामध्ये ६३ वटाको पुनःनिर्माण सम्पन्न भएको छ ।

हाल ११ वटा सम्पदाको पुनःनिर्माण भइरहेको छ । बाँकी १६ सम्पदाको पुनःनिर्माण हुन बाँकी रहेको जानकारी पनि सो अवसरमा गराइएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x