२१ जेठ २०८३, बिहीबार

नीति तथा योजना आयोगका उपाध्यक्ष डा झाको राजीनामा

नीति तथा योजना आयोगका उपाध्यक्ष डा झाको राजीनामा

मधेस प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष डा भोगेन्द्र झाले पदबाट राजीनामा दिएका छन् ।

प्रदेशको समग्र विकासको योजना बनाउने उद्देश्यसहित गठित आयोगका उपाध्यक्ष झाले पदबाट राजीनामा दिएका हुन् । विसं २०७६ भदौ २२ गते उपाध्यक्षमा नियुक्त हुनुभएको झा आफूले चुनावपश्चात् नयाँ सरकार गठन भएसँगै नैतिकताको आधारमा राजीनामा दिएको बताए ।

यसअघि रहेका नीति आयोगका उपाध्यक्ष डा हरिवंश झालाई हटाएर डा भोगेन्द्र झालाई ल्याइएको थियो । त्रिभुवन विश्वविद्यालयअन्तर्गत अर्थशास्त्रको प्राध्यापकबाट केही वर्षअघि उनले अवकाश लिएका थिए ।

प्रदेशको सन्तुलित र समष्टिगत विकासका लागि आवश्यक नीति, रणनीतिक विषय क्षेत्रका दीर्घकालीन, मध्यमकालीन र वार्षिक विकास योजना बनाउने तथा प्रदेशको आवश्यक नीति निर्माण कार्यमा प्रदेश सरकारलाई सहयोग पु¥याउने मुख्य जिम्मेवारीसहित मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेश नीति आयोगको गठन हुने व्यवस्था छ ।

salt training

कमेन्ट गर्नुहोस्