२५ जेठ २०८३, सोमबार

टर्कीमा सन् २०२२ मा ८० प्रतिशतले पर्यटक बढे

माघ १७, २०७९
टर्कीमा सन् २०२२ मा ८० प्रतिशतले पर्यटक बढे

टर्कीमा पर्यटन गतिविधिबाट सङ्कलन हुने राजस्वमा ५३.४ प्रतिशतले वृद्धि भएको छ । देशको पर्यटन राजस्व सङ्कलन ४६.२८ बिलियन अमेरिकी डलर पुगेको यहाँको तथ्याङ्क विभागले जनाएको छ ।  

सन् २०२२ मा चार करोड ४५ लाखभन्दा बढी पर्यटकहरूले टर्कीको भ्रमण गरेका थिए । पर्यटन मन्त्रालयले जनाएअनुसार उक्त सङ्ख्या गत वर्षकोभन्दा ८०.३ प्रतिशतले वृद्धि भएको हो।   

टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुल बाह्य पर्यटकहरूको रोजाइको प्रमुख गन्तव्य मध्येको एक हो जहाँ सन् २०२२ मा एक करोड ६० लाख बाह्य पर्यटकले भ्रमण गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्