०६ असार २०८३, शनिबार

धनगढीमा पाँच करोड लगानीको कृषि मार्ट सञ्चालन

धनगढीमा पाँच करोड लगानीको कृषि मार्ट सञ्चालन

कैलालीको धनगढीमा कृषिजन्य उपज, बीउबीजन र कृषि यन्त्र एकै ठाउँमा पाउने सुविधा सम्पन्न कृषि मार्ट सञ्चालनमा आएको छ । मंगलबारबाट सञ्चालनमा आएको यो मार्टबाट स्थानीयहरु लाभान्वित हुने विश्वास गरिएको छ । 

पाँच करोड रुपैयाँको लगानीमा धनगढीको चौराहामा मुक्तिनाथ विकास बैंकको पछाडि सञ्चालनमा ल्याइएको मार्टमा उपभोक्ताले तरकारी, फलफूल, अन्नलगायत कृषि उपज, बीउबीजन, कृषि यन्त्र आदि कृषिसँग सम्बन्धित सामग्रीहरु खरिद गर्न सक्नेछन् । 

मार्टका सञ्चालक विष्णु बुर्लाकोटीले मार्टमा बीउबीजन, मलखाद, कृषि सम्बन्धि बीज्ञ सेवा, कृषि तथा भेटेरिनरीका औजार र मेसिन, अर्गानिक र ताजा तरकारी, फलफुल, खाद्य सामग्री, फ्रोजन मासु तथा हस्तकला सामग्री, राखिएको बताए । उपभोक्ता र किसानलाई आवश्यक कृषिजन्य सामग्रीहरु एकै स्थानमा उपलब्ध गराउन मार्ट सञ्चालनमा ल्याइएको उनको भनाइ छ । 

व्यवसायसँगै कृषिउपजको बजारीकरणसँगै समग्र कृषिको विकासमा टेवा पुग्ने सञ्चालकले विश्वास लिएका छन् । सञ्चालक बुर्लाकोटीले भने,  ‘यहाँ उपभोक्ताले गुणस्तरीय कृषि उपज पाउने छन् । किसानले बीउ, मलखाद, कृषि यन्त्र आदि आवश्यक सामग्री खरिद गर्नसक्ने छन् ।’ 

सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले मंगलबार एक कार्यक्रम बीच मार्टको उद्घाटन गरे । सो अवसरमा उनले मार्ट सञ्चालनले कृषिको विकासका माध्यमबाट अर्थतन्त्रमा टेवा पुग्ने विश्वास व्यक्त गरे । 

salt training

कमेन्ट गर्नुहोस्