चैत ७, २०७९
हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । यसका कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान म...
भारत उत्तरप्रदेशको अयोध्यामा निर्माणाधीन राममन्दिरमा रामको मूर्ति बनाउनका लागि नेपालको कालीगण्डकीबाट उत्खनन गरी पठाएको शिला मङ्गलबार राति गोरखपुर पुगेको छ । धनुषाको जनकपुरधामस्थित जानकी मन्दिरबाट शोभायात्रासहित यही माघ १६ गते शिला अयोध्यातर्फ पठाइएकामा गएराति त्यहाँ पु¥याइएको हो ।
जानकी मन्दिरका महन्थ रामपतेश्वर दासका अनुसार शिला आज अयोध्या पु¥याएर विशेष समारोहका बीच मन्दिर व्यवस्थापन पक्षलाई हस्तान्तरण गरिने छ । हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको अवतारका रूपमा मान्ने शिलाबाट भगवान् रामको बालस्वरुपसहितको मूर्ति बबनाइने भएपछि यहाँका लाखौँ श्रद्धालुले बाटोमा निस्केर दर्शन तथा अभिनन्दन गरिरहेका छन् ।
“जनकपुरधाममा पनि श्रद्धालुले उल्लासका साथ शिलाको दर्शन गरे, भारतीय सीमा प्रवेशदेखि बाटोमा झन् नयाँ उत्साह र उमङ्ग देखियो”, दासले भने, “नेपाल र भारतवासीको भगवान् राम तथा शिलाप्रतिको आस्था एवं श्रद्धा देखेर नतमस्तक छु ।”
त्यसैगरी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले देवशिलाको आदान–प्रदानपछि नेपाल र भारतको धार्मिक, सांस्कृतिक सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन अतुलनीय योगदान पुगेको आभास आफूले गरेको बताए ।
यही माघ १२ गते म्याग्दीको बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकी नदी किनारबाट निकालिएका दुई शिला माघ १५ गते जनकपुरधाम पु¥याइएका थिए । जानकी मन्दिरका महन्थ दास र नेता निधिको नेतृत्व रहेको नेपाली प्रतिनिधिमण्डलमा तीन सयभन्दा बढी नेपालीको सहभागिता छ ।रासस
हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । यसका कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान म...
मौसममा आएको खराबीका कारण हिमाली क्षेत्रको हवाइ सेवा अवरुद्ध भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका निमित्त कार्यालय प्रमुख एसएसपी लालमणि आचार्यले हिमाली क्षेत्रका हवाइ उडान हुन नसकेक...
चालु आर्थिक वर्षको आठ महिनामा जिल्लामा दुई सय १४ दुर्घटना भएका छन् । जिल्लामा भएका दुर्घटनामा परी ४९ जनाको मृत्यु भएको छ । ती दुर्घटनामा परी चार सय एक घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता र राहदानी प्रकरणमामा सर्वोच्च अदालत जाने भएका छन्। राहदानी दुरुपयोग मुद्दामा महान्याधिवक्ताको कार्यालयले लामिछानेलाई उन्मुक्ति दिएको भ...
गोर्खा र लमजुङका स्थानीय लाभान्वित हुने पन्थहिटी–कटहरे–हर्मी–साहिलटार सडक स्तरोन्नति गर्न प्रधानमन्त्रीसहितको टोली लर्को लागेर गोरखा पुगेका छन्। उक्त सडक आज (मंगलबार) श...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मंगलबार गोरखा जाने भएका छन् । पालुङटार नगरपालिकाको बिमिरेमा पन्थहिटी-कटहरे-हर्मी-साहिलटार सडक स्तरोन्नति योजनाको शिलान्यास गर्न प्रधानमन्त्री प्रचण्ड गोरखा जान लागेका हुन् ।...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...
राजनीतिशास्त्रले ‘राज्य र सरकारको निर्माण नागरिकले आफ्नो सुरक्षा र सेवाका लागि आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर गरेका हुन्’, भन्छ । सार्वभौम शासन प्रणालीका नागरिकहरू मुख्य कर्ता हुन् र सरकार नागरिकको ...
महान् सिर्जनाका लागि लागि तपाईंको बास पनि महान् सभ्यतामै भएको हुनुपर्छ । तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा नै हुनुपर्छ । त्यसो भयो भने तपाईंको स्मृति भण्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ ...