१६ असार २०८३, मंगलबार

कालीगण्डकीको देवशिला गोरखपुरमा, आज अयोध्या पुर्‍याइने

कालीगण्डकीको देवशिला गोरखपुरमा, आज अयोध्या पुर्‍याइने

भारत उत्तरप्रदेशको अयोध्यामा निर्माणाधीन राममन्दिरमा रामको मूर्ति बनाउनका लागि नेपालको कालीगण्डकीबाट उत्खनन गरी पठाएको शिला मङ्गलबार राति गोरखपुर पुगेको छ । धनुषाको जनकपुरधामस्थित जानकी मन्दिरबाट शोभायात्रासहित यही माघ १६ गते शिला अयोध्यातर्फ पठाइएकामा गएराति त्यहाँ पु¥याइएको हो । 

जानकी मन्दिरका महन्थ रामपतेश्वर दासका अनुसार शिला आज अयोध्या पु¥याएर विशेष समारोहका बीच मन्दिर व्यवस्थापन पक्षलाई हस्तान्तरण गरिने छ । हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको अवतारका रूपमा मान्ने शिलाबाट भगवान् रामको बालस्वरुपसहितको मूर्ति बबनाइने भएपछि यहाँका लाखौँ श्रद्धालुले बाटोमा निस्केर दर्शन तथा अभिनन्दन गरिरहेका छन् । 

“जनकपुरधाममा पनि श्रद्धालुले उल्लासका साथ शिलाको दर्शन गरे, भारतीय सीमा प्रवेशदेखि बाटोमा झन् नयाँ उत्साह र उमङ्ग देखियो”, दासले भने, “नेपाल र भारतवासीको भगवान् राम तथा शिलाप्रतिको आस्था एवं श्रद्धा देखेर नतमस्तक छु ।”

त्यसैगरी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले देवशिलाको आदान–प्रदानपछि नेपाल र भारतको धार्मिक, सांस्कृतिक सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन अतुलनीय योगदान पुगेको आभास आफूले गरेको बताए । 

यही माघ १२ गते म्याग्दीको बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकी नदी किनारबाट निकालिएका दुई शिला माघ १५ गते जनकपुरधाम पु¥याइएका थिए । जानकी मन्दिरका महन्थ दास र नेता निधिको नेतृत्व रहेको नेपाली प्रतिनिधिमण्डलमा तीन सयभन्दा बढी नेपालीको सहभागिता छ ।रासस

salt training

कमेन्ट गर्नुहोस्