![डलरदेखि कतारी रियालसम्मः यस्तो छ आजको विनिमयदर [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/image_2023-02-01_081725584_ColKBWHavd.png)
नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिददर १३० रूपैयाँ ७८ पैसा र बिक्रीदर १३१ रूपैयाँ ३८ पैसा रहेको छ। अघिल्लो दिन यसको खरिददर १३० रूपैयाँ १० पैसा र बिक्रीदर १३० रूपैयाँ ७० पैसामा कारोबार भएको थियो।
यसैगरी युरोपियन युरो एकको खरिददर १४१ रूपैयाँ ५४ पैसा र बिक्रीदर १४२ रूपैयाँ १९ पैसा कायम गरिएको छ। यस्तै, बेलायती पाउण्ड स्टर्लिङको खरिददर १६१ रूपैयाँ ५ पैसा र बिक्रीदर १६१ रूपैयाँ ७९ पैसा छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिद मूल्य ९१ रूपैयाँ ४१ पैसा र बिक्रीदर ९१ रूपैयाँ ८३ पैसा तोकिएको छ। बुधबार कतारी रियाल एकको खरिददर ३५ रूपैयाँ ६७ पैसा र बिक्रीदर ३५ रूपैयाँ ८३ पैसा रहेको छ ।
