०५ साउन २०८३, मंगलबार

चर्चित नायिका दीपिकाको पढाइ १२ कक्षा मात्रै, कलाकारितामा उच्च सफलता

माघ १८, २०७९
चर्चित नायिका दीपिकाको पढाइ १२ कक्षा मात्रै, कलाकारितामा उच्च सफलता
फाइल फोटो

बलिउडकी चर्चित नायिका दीपिका पादुकोण यतिबेला फिल्म पठानको सफलतामा रमाइरहेकी छन् । यसैबेला उनले आफ्नो पढाइबारे खुलासा गरेकी छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार उनी १२ कक्षा मात्रै पढेकी छन् । सानै उमेरदेखि मोडलिङ क्षेत्रमा लागेका कारण उनले पढाइलाई अगाडि बढाउन पाइनन् ।

उनी बलिउडका चर्चित कलाकारभित्र पर्छिन् । ९ वर्षको उमेरदेखि उनले मोडलिङ शुरू गरेकी थिइन् । सानैदेखि उनी कलाकार बन्न चाहन्थिन् ।

दीपिकाले भनिन्, ‘म कहिल्यै कलेज गइनँ । म मुस्किलले १२ कक्षा पास हुँ । म बेङलुरुमा बस्थें र कामका कारण मैले मुम्बई–दिल्ली यात्रा गर्नुपर्थ्यो ।’

कलाकारिताको कामसँगै पढाइ गर्न नसकिएको उनले बताइन् । ‘मैले स्नातक तह पढ्न भर्ना लिएँ तर पढाइ पूरा गर्न सकिनँ,’ उनले भनिन्, ‘मेरो पढाइबारे आमाबुवा धेरै चिन्तित हुनुभयो । उहाँ भन्नुहुन्थ्यो – पहिले पढाइ पूरा गर्नु, त्यसपछि मात्रै काम गर्नू ।’

चिन्ता हुँदाहुँदै पनि परिवारले आफूलाई बलिउडमा स्थापित हुन सहयोग नै गरेको उनले बताइन् ।

salt training

कमेन्ट गर्नुहोस्