माघ २४, २०७९
सल्यानको कालिमाटी सब डिभिजन वन कार्यालय कालिमाटीका फरेष्टर जय पृथ्वीराज बुढाथोकी, सहायक वन अधिकृत, वन उपभोक्ता समूहका अध्यक्ष, सप्लायर्ससमेत ६ जनाउपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको छ। ...
माघ १८, २०७९
मालपोत कार्यालय ताप्लेजुङमा कार्यरत तत्कालीन मालपोत अधिकृत लेखा पनेरू महतको भ्रष्टाचार मुद्दामा सरकारी साक्षी बनेकी भावना महतले बयान व्यहोराको प्रतिकूल बकपत्र दिएकी छन्।
पनेरुले १ लाख ५० हजार रुपैयाँ घुस लिई भ्रष्टाचार गरेको आरोपमा उनीमाथि विशेष अदालतमा मुद्दा दायर भएको थियो।
घुसबापतको रकम राखिदिने महतलाई उक्त मुद्दाको अनुसन्धानका क्रममा सजायमा पूर्ण छुट दिएर प्रतिवादी नबनाई सरकारी साक्षीको रुपमा पेश गरिएको थियो।
तर भावना महतले विशेष अदालत काठमाडौंसमक्ष बकपत्र गर्दा बयानको प्रतिकूल हुने बकपत्र गरेको पुष्टि भएकाले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार भ्रष्टाचारको मतियार मानी अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो।
भावना महतउपर १ लाख ५० हजार रुपैयाँ बिगो कायम गरी ऐनअनुसार राष्ट्रसेवकलाई हुने सजायको आधा सजाय माग गरिएको छ।
गत वैशाख ११ गते जिल्ला मालपोत कार्यालय ताप्लेजुङका प्रमुख मालपोत अधिकृत लेखा पनेरु महतलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो। टोलीले महतलाई सोवाग्राहीबाट लिएको एक लाख ५० हजारसहित नियन्त्रणमा लिएको थियो ।
बाबुका नामको जग्गा दाखेल खारेज गरी नयाँ लगत दर्तासहित छोराका नाममा पास गरिदिएबापत सेवाग्राहीबाट एक लाख ५० हजार रकम लिएको अभियोगमा उनलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो।
फुङ्लिङ वडा नं ४ स्थित एक घरबाट सेवाग्राहीबाट लिएको रकम उक्त रकमसहित पनेरू पक्राउ परेकी थिइन्।
सल्यानको कालिमाटी सब डिभिजन वन कार्यालय कालिमाटीका फरेष्टर जय पृथ्वीराज बुढाथोकी, सहायक वन अधिकृत, वन उपभोक्ता समूहका अध्यक्ष, सप्लायर्ससमेत ६ जनाउपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको छ। ...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा उजुरी पर्ने क्रम बढ्दै गएको छ । आयोगमा चालु आर्थिक वर्षको साउन २० गतेसम्ममा एक हजार ४३२ उजुरी परेका छन् । आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसा...
रसुवा भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत दान बहादुर केसीउपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको भन्ने उजुरीका आधारमा आज आय...
सशस्त्र प्रहरी सहायक हवल्दारले सेवाग्राहीसँग घुस मागेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल सुरक्षा बेसक्याम्प, रुपन्देही विष्णुपुराका सशस्त्र प्रहरी स...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय रुपन्देहीका तत्कालीन नापी अधिकृत घनश्याम दुवे र सर्भेक्षक ठाकुर प्रसाद गुरौविरुद्ध भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतमा आरोप-पत्र दायर गरेको छ। उनीह...
अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका तत्कालीन कार्यकारी अधिकृत रामजी जोशीवरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । उनले ४ लाख ४७ हजार ५ सय रुपैयाँ भ्रष्टाचार गरेको भन्दै अख्तिय...
आज विजया दशमी । नेपालीहरूको महान् चाड दशैं पर्वको अन्तिम दिन । मान्यजनहरूबाट माता भगवतीको प्रसाद टीका तथा जमरा र आशीष थाप्ने दिन । कतै–कतै यसपछि आउने पूर्णिमासम्म पनि टीका लगाएर आशीष लिने गरिन्छ ...
यतिबेला हाम्रो घरआँगनमा नवरात्र पर्व चलिरहेको छ । यही असोज १७ गतेबाट शुरू भएको यो पर्व २६ गतेसम्म रहनेछ । यस पर्वमा खासगरी पशुपक्षीको बलि बढी हुने गर्छ । त्यसैले हुनुपर्छ, केही दिनयता मुहारपुस्तिकाका भित्ताहरू...
सत्य घरबाट निस्किँदा झूटले आधासंसार भ्रमण गरिसक्छ । – विस्टर्न चर्चिल, बेलायती पूर्व प्रधानमन्त्री बडा दशैं शुरू भैसकेको छ । प्राकृतिक विपत्तिले देशका विभिन्न भागको जनजीवन सामान्य हुन केही समय लाग्न...