
काठमाडौं, ५ भदौ - कैलालीको खानीडाँडामा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर अरु २१ जना घाइते भएका छन् ।
धनगढीबाट डोटी जाँदै गरेको ना ४ ख ५६३५ नम्बरको बस चुरे गाउँपालिका खानीडाँडामा दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार डोटी जोरायल गाउँपालिका ५ का ७० वर्षीय नर बहादुर देउवा र कैलाली जोशीपुर गाउँपालिका ५ की ४८ वर्षीया दुर्गा देवी मल्लको दुर्घटनामा परेर ज्यान गएको छ ।
घाइतेहरुको अहिले उपचार भइरहेको छ ।