
म्युजिकल फिल्म गल्ली सार्वजनिक भएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमबीच म्युजिकल फिल्म गल्ली सार्वजनिक भएको हो ।
१० मिनेट ३५ सेकेण्डको म्युजिकल फिल्म गल्लीको सार्वजनिक कार्यक्रममा महानायक राजेश हमालले कुनै पनि कला पस्किँदा एउटा व्यक्तिको मात्रै श्रेय नहुने बताए।
उनले आफूले पनि मन बुढो भएन भन्ने गीत गाउने प्रयास गरेको बताए।
आफ्नो मन बुढो हुने कुरै नभएको भन्दै गीत भने प्रकाश सुवेदीप्रति प्रेरित भएर रचना गरेको उनले बताए।
त्यस अवसरमा उनले आफ्नो गीत आएर सुनाएका हुन्।
उनले कलाकार जितु नेपालको चलचित्र 'ह्यारीकी प्यारी' अहिले आइरहेको र चलचित्रमा नेपाल हिरोको रोलमा रहेको भन्दै अलिअघि हिरो बनेको भए आफू पत्तासाफ हुने भन्दै ठट्टा गरे।
गीतमा स्वर यश कुमार र मेचु धिमालको रहेको छ भने गीतको भिडियोमा रेस्मा घिमिरे, यश कुमार, राजेश घतनीलगायत कलाकाको अभिनय छ ।