३१ जेठ २०८३, आइतबार

पोखरामा प्रदेशस्तरीय हस्तलेखन प्रतियोगिता हुने

पोखरामा प्रदेशस्तरीय हस्तलेखन प्रतियोगिता हुने

पोखरामा खुल्ला गण्डकी प्रदेशस्तरीय हस्तलेखन प्रतियोगिता २०७९ हुन गइरहेको छ । “सुरु गरौं लेख्न राम्रो अक्षर बाबुनानी, सुन्दर हस्तलेखन कलाले हामीलाई बनाउँछ ज्ञानी” मूल नाराका साथ बुक्स बजार सप्लायर्सले सो प्रतियोगिता आयोजना गर्न लागेको हो । 

प्रतियोगिताका संयोजक शेरबहादुर क्षेत्रीले आगमी फागुन ५ र ९ गते गरी दुई चरणमा प्रतियोगिता आयोजना हुन लागेको जानकारी दिए । प्रतियोगितामा प्रत्येक विद्यालयबाट १० जना विद्यार्थी सहभागी हुन पाउने छन् । नेपाली र अङ्ग्रेजी दुबै भाषामा लेखन प्रतियोगिता हुने संयोजक केसीले बताए । “विद्यार्थीहरुमा लेखन सीपको विकास र उनीहरुले पढ्दैआएको विषयमा दक्षता होस् भन्ने उद्देश्यले प्रतियोगिता राखिएको हो” उनले भने । प्रतियोगितामा प्रत्येक कक्षाबाट उत्कृष्ट १० जनालाई पुरस्कृत गरिने उनले बताए । प्रतियोगितामा निजी तथा सरकारी विद्यालयका विद्यार्थीले सहभागिता जनाउन सक्ने उनले जानकारी दिए । 

गण्डकी प्रदेशमा यस्तो प्रतियोगिता पहिलो पटक आयोजना गर्न लागिएको बताउँदै प्रतियोगिताको आर्थिक संयोजक दिपक सारु मगरले उत्कृष्ट हुने विद्यार्थीको स्मारिका प्रकाशन गर्ने, उनीहरुलाई राष्ट्रियस्तरको प्रतियोगितामा सहभागिता गराइने बताए । प्रतियोगिताको सहयोगी संस्थाको रुपमा ओएलए, प्रगती मावि, भाष्कर मेमोरियल मावि र ग्लोबल कलेजियट मावि रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्