२४ जेठ २०८३, आइतबार

यी हुन् विश्वका सवैभन्दा फोहरी मान्छे, भन्छन्  फोहरका कारण म स्वस्थ छु

कात्तिक २०, २०७४
यी हुन् विश्वका सवैभन्दा फोहरी मान्छे, भन्छन्  फोहरका कारण म स्वस्थ छु

सरसफाइका लागि सबैजसो मान्छेलाई बच्चैदेखि नुहाउने गरिन्छ । तर, इरानमा एकजना यस्ता व्यक्ति छन्, जो संसारका आममान्छेभन्दा उल्टा छन् । उनी ६३ वर्षदेखि नुहाएका छैनन् ।

८३ वर्षीय अमोउ हाजीको शरीरमा मैलोको मोटो पत्र जमेको छ । तर, अमोउ भन्छन्, ‘यही फोहोरका कारण ८३ वर्षदेखि म स्वस्थ छु ।’ फोहोरकै कारण लामो जीवन जिउन सकेको उनी तर्क गर्छन् ।

ननुहाएकै कारण उनी आफ्नो गाउँबाट केही टाढा बस्छन् । तर, केही गाउँले वेलावेलामा उनलाई भेट्न भने पुग्छन् । गाउँलेहरूले उनलाई सानो झुपडी नै बनाइदिएका छन् ।

अमोउको खान्की पनि अचम्मको छ । उनी प्राकृतिक तरिकाबाट मारिएका या कार दुर्घटनामा परेर मरेका जनावरको सडेको मासु मन पराउँछन् । बाहिरी सुख–सुविधा त्यागेर पनि आफू खुसी रहेको उनी बताउँछन् ।

अमोउ कहिल्यै ननुहाए पनि दैनिक दुई ग्यालेन पानी भने पिउँछन् । धेरै पानी पिउँदा शरीर स्वस्थ हुने उनी बताउँछन् । कतिपयले उनलाई नुहाउने सल्लाह पनि दिए । तर, उनलाई त्यो सुझाब चित्त बुझेन । उनी भन्छन्, ‘सरसफाइका कारण म बिरामी पर्छु ।’

नयाँ पत्रिकाबाट

salt training

कमेन्ट गर्नुहोस्