२५ जेठ २०८३, सोमबार

अमेरिकामा जलिरहेको कारबाट यसरी जोगाइयो व्यक्तिलाई (भिडियो)

माघ २०, २०७९
अमेरिकामा जलिरहेको कारबाट यसरी जोगाइयो व्यक्तिलाई (भिडियो)

अमेरिकाको लास भेगासमा अघिल्लो शुक्रवार एउटा कार सडकको बीचमा रहेको ताडको रुखमा ठोकिएको थियो । 

त्यही बेलामा जस्टिन माउसर र उनकी पत्नी बाटोमा हिँडिरहेका थिए । 

ठोकिएको कारबाट कोही पनि बाहिर ननिस्केको उनीहरूले विचार गरे । 

लास भेगास बुलेभार्डमा बीएमडब्ल्यू कारबाट धूवाँ निस्केको देखेपछि माउसरले कार चालकलाई बाहिर निकाल्न कोशिश गरेका थिए । 

लास भेगास मेट्रोपोलिटन पुलिस डिपार्टमेन्टले जारी गरेको भिडियोमा देखिएअनुसार, माउसर र अन्यले कारको ढोका खोलेर चालकलाई बाहिर निकाल्न प्रयास गरे । 

‘सडकपारि मानिसहरू कारमा अझै पनि आगो लागेको छ भनिरहेका थिए,’ माउसरले भने, ‘तर आगो धेरै फैलिन पाएको छैन भन्ने देखेपछि मैले बचाउनका लागि कोशिश गरें ।’

माउसर र लास भेगास प्रहरीका एक अधिकृतले बेहोश भएका चालकलाई सीटबाट बाहिर निकालेका थिए । कारमा हुरुरु आगो लाग्नुअघि उनीहरूले चालकलाई बाहिर निकाल्न सफलता पाएका थिए । 

घटनामा माउसरलाई कुनै चोट लागेन भने प्रहरी अधिकृतलाई धूवाँ निलेकोमा अस्पताल लगिएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्