२८ जेठ २०८३, बिहीबार

माछापुच्छ्रे  बैंकका ग्राहकलाई फ्रन्टलाइन अस्पतालमा विशेष छुट

माछापुच्छ्रे  बैंकका ग्राहकलाई फ्रन्टलाइन अस्पतालमा विशेष छुट

माछापुच्छ्रे  बैंक लिमिटेड र फ्रन्टलाइन अस्पतालबीच बैंकका ग्राहकहरूलाई छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार माछापुच्छ्रेका ग्राहकहरूले फ्रन्टलाइन अस्पतालमार्फत स्वास्थ्यसम्बन्धी सुविधा लिँदा बढीमा १३ प्रतिशतसम्म छुट पाउनेछन् ।

जसअन्तर्गत फ्रन्टलाइन अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवाहरू ओपीडी बेड तथा सर्जरी, ल्याबलगायत अन्य सेवाको शुल्कमा न्यूनतम ५ देखि बढीमा १३% सम्म छुट प्राप्त गर्नेछन् ।

सो संस्थाले हाल पुरानो बानेश्वर, काठमाडौंबाट सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट/ क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् ।

माछापुच्छ्रे  बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसायसँग व्यवसायिक सम्झौता गरी आफ्ना ग्राहकलाई आकर्षक छुट प्रदान गर्दै आइरहेको छ ।

यस प्रकारको सम्झौताले ग्राहकहरूलाई सुविधालगायत व्यापार व्यवसाय तथा पर्यटन प्रवर्द्धनमा सघाउ पुग्दै आइरहेको छ ।

बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ११ एक्सटेन्सन काउन्टर, १५७ शाखारहित बैंकिङ सेवा, २०६ एटीएममार्फत १३ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्