२५ जेठ २०८३, सोमबार

नेपालबाट लगिएको शालिग्रामलाई फुटाएर मूर्ति बनाउन नदिने महन्त परमहंस दासको चेतावनी

माघ २०, २०७९
नेपालबाट लगिएको शालिग्रामलाई फुटाएर मूर्ति बनाउन नदिने महन्त परमहंस दासको चेतावनी

भारतको अयोध्यामा नेपालबाट लगिएको शालिग्राम शिलाको बिहीवार धुमधाम पूजा गरिएको छ । 

शिलालाई रामसेवकपुरममा कडा सुरक्षा व्यवस्थाका साथ राखिएको छ । 

यसैबीच शिलाको विषयमा विवाद पनि शुरू भएको छ । तपस्वी छाउनीका पीठाधीश्वर महन्त परमहंस दासले शालिग्राममा भगवान् प्रतिष्ठित भएकाले त्यसमा हतौडा चलाउन सही नभएको उनको भनाइ छ । शिलामा हतौडा चलाइएमा आफूले अन्नजल त्याग्ने उनको भनाइ छ । 

उता अयोध्या हिन्दू महासभाका राष्ट्रिय प्रवक्ता अधिवक्ता मनीष पाण्डेले नेपालको गण्डक नदीबाट निकालिएको विशालकाय शालिग्राम पत्थरबाट भगवान् रामको मूर्ति बनाइएमा महाविनाश हुने निश्चित रहेको बताएका छन् । मन्दिरमा सुनको मूर्ति प्रतिष्ठित गर्नुपर्ने उनको भनाइ छ । 

महासभाले आक्रोश प्रकट गर्दै गण्डक नदीबाट निकालिएको शालिग्राम पत्थर फर्काउनुपर्ने बताएको छ । 

शिलाहरूलाई नेपालबाट अयोध्या लगेका राम मन्दिर ट्रस्टका प्रमुख सदस्य कामेश्वर चौपालले यी शिला शालिग्राम नै भएको बताए । यसबाट भगवानको मूर्ति बन्ने निश्चित रहेको उनको भनाइ छ । तर मूर्ति कहाँ स्थापित गर्ने र गर्भगृहको मूर्ति पनि यसै शिलाबाट बन्ने हो कि भन्ने विषयमा राम मन्दिर ट्रस्टले अन्तिम फैसला गर्ने उनले बताए ।

शिलालाई अयोध्या ल्याउनुअघि नेपाल सरकारले वैज्ञानिक परीक्षण गराएको पनि उनले जानकारी दिए । 
 

salt training

कमेन्ट गर्नुहोस्