२४ जेठ २०८३, आइतबार

सन्दीप लामिछानेलाई राष्ट्रिय टिममा फर्काएर क्यानले गलत गर्‍यो - गगन थापा

सन्दीप लामिछानेलाई राष्ट्रिय टिममा फर्काएर क्यानले गलत गर्‍यो - गगन थापा

बलात्कार अभियोगमा धरौटीमा छुटेका क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय टिममा फर्काएर नेपाल क्रिकेट संघ गलत गरेको नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बताएका छन्। 

क्यानले हतारोमा गलत निर्णय गरेको भन्दै निर्णय तत्काल फिर्ता लिन उनले अनुरोध गरे। 

आजै मात्र लामिछाने राष्ट्रिय टिमको प्रशिक्षणमा सहभागी भएका छन्। जसप्रति महामन्त्री थापाले धारणा राखेका हुन्। 

अदालतमा विचाराधीन मुद्दाका अभियुक्तलाई क्यानले निलम्बन फुकुवा गरेको सम्बन्धमा धेरैले आफ्नो धारणाबारे प्रश्न गरेको भन्दै थापाले सामाजिक सञ्जालमार्फत धारणा व्यक्त गरेका हुन्।

सर्वोच्च अदालतले आज लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन माग गरेको छ । लामिछानेलाई थुनामुक्त गर्ने पाटन उच्च अदालतको आदेशविरुद्धको मुद्दामा अदालतले आवश्यक कागजात झिकाउने आदेश दिएको छ।Image

salt training

कमेन्ट गर्नुहोस्