२७ जेठ २०८३, बुधबार

महाशिवरात्रिको तयारी गर्न  मूल समारोह समिति

महाशिवरात्रिको तयारी गर्न  मूल समारोह समिति

महाशिवरात्रिको तयारीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ ।

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद््को अध्यक्षसमेत रहेका मन्त्री किराँतीको अध्यक्षतामा बसेको बैठकले मूल समारोह समिति गठन गरेको हो । पशुपतिनाथमा आउने भक्तजनलाई सहज रुपमा दर्शनको व्यवस्था मिलाउन नौ उपसमितिसमेत गठन गरिएको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए । 

कोषका सदस्य सचिव डा मिलनकुमार थापाको संयोजकत्वमा सुरक्षा व्यवस्था तथा शङ्कराचार्य निश्चलानन्द सरस्वतीको संयोजकत्वमा स्वागत तथा सत्कार उपसमिति गठन गरिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्