०१ असार २०८३, सोमबार

नेपाली श्रमिकलाई सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गराउन मलेसिया प्रतिबद्ध

नेपाली श्रमिकलाई सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गराउन मलेसिया प्रतिबद्ध

नेपालको प्रमुख श्रम गन्तव्य मलेसियाले नेपाली श्रमिकलाई त्यहाँको सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग मलेसियाका गृहमन्त्री दतुक सेरी सैफुद्दिन नासुसन इस्मालीले गरेको भेटमा उनले नेपाली श्रमिकको स्वास्थ्यलगायत अन्य सेवा शर्त प्रव््द्धनका लागि मलेसिया सरकार प्रतिबद्ध रहेको बताए । 

उनले द्विपक्षीय श्रम समझदारीको नवीकरण प्रक्रिया अगाडि बढाउन यसै वर्ष नेपालमा संयुक्त कार्यसमितिको बैठक बस्ने प्रतिबद्धता व्यक्त गर्नुभएको श्रम मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिए । भेटमा मन्त्री अर्यालले मलेसियामा कार्यरत नेपाली श्रमिकलाई त्यहाँको सामाजिक सुरक्षा प्रणालीमा पूर्णरूपपा आबद्ध गराउन आग्रह गरेका थिए ।

उनले नेपाल र मलेसियाबीच सम्पन्न द्विपक्षीय श्रम समझदारीको नवीकरण तथा संयुक्त कार्यसमितिको नियमित बैठक गरी श्रमसम्बन्धी सवालको द्विपक्षीय निराकरणका लागि अनुरोध गरेको मन्त्रालयले जनाएको छ । मन्त्री अर्यालले मलेसियामा कार्यरत नेपाली श्रमिकको सेवा, शर्त, स्वास्थ्य सुविधा तथा कार्यवातावरणका सम्बन्धमा स्वदेशी तथा विदेशी कामदारबीच समान व्यवहारका लागि समकक्षीसमक्ष आग्रह गरे ।

भेटमा दुई देशबीचको सम्झौताबमोजिमका सेवा, शर्त तथा सुविधा नेपाली श्रमिकलाई उपलब्ध गराउन, मलेसियामा कार्यरत नेपाली श्रमिकलाई सामाजिक सुरक्षा प्रणालीमा पूर्णरूपमा आबद्ध गराउन, सुरक्षा गार्डमा खटिने नेपाली श्रमिकलाई खटिएको समय र क्षमताअनुसार सम्मानयोग्य तलब प्रदान गर्न, औपचारिक माध्यमको प्रयोग गरी पठाउने कार्यमा मलेसियास्थित बैंक तथा वित्तीय संस्थालाई सहजीकरण गर्ने विषयमा छलफल भएको थियो । 

सो अवसरमा मलेसियाका गृहमन्त्री इस्मालीले दुई देशबीच भएको श्रम समझदारी कार्यान्वयन गर्न आफू प्रतिबद्ध रहेको स्पष्ट पारे । उनले मलेसिया सरकारले हालै ल्याएको ‘फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेसन प्लान’ एवं ‘इलिगल÷अनडकुमेन्टेड फरेन वर्कर रिक्यालिब्रेसन प्लान’का सम्बन्धमा जानकारी गराउँदै उक्त योजना कार्यान्वयनमा सहयोगका लागि नेपाल सरकारलाई अनुरोध गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्