×

NMB BANK
NIC ASIA

नेपाली श्रमिकलाई सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गराउन मलेसिया प्रतिबद्ध

माघ २०, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेपालको प्रमुख श्रम गन्तव्य मलेसियाले नेपाली श्रमिकलाई त्यहाँको सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग मलेसियाका गृहमन्त्री दतुक सेरी सैफुद्दिन नासुसन इस्मालीले गरेको भेटमा उनले नेपाली श्रमिकको स्वास्थ्यलगायत अन्य सेवा शर्त प्रव््द्धनका लागि मलेसिया सरकार प्रतिबद्ध रहेको बताए । 

Sagarmatha Cement
Muktinath Bank

उनले द्विपक्षीय श्रम समझदारीको नवीकरण प्रक्रिया अगाडि बढाउन यसै वर्ष नेपालमा संयुक्त कार्यसमितिको बैठक बस्ने प्रतिबद्धता व्यक्त गर्नुभएको श्रम मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिए । भेटमा मन्त्री अर्यालले मलेसियामा कार्यरत नेपाली श्रमिकलाई त्यहाँको सामाजिक सुरक्षा प्रणालीमा पूर्णरूपपा आबद्ध गराउन आग्रह गरेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले नेपाल र मलेसियाबीच सम्पन्न द्विपक्षीय श्रम समझदारीको नवीकरण तथा संयुक्त कार्यसमितिको नियमित बैठक गरी श्रमसम्बन्धी सवालको द्विपक्षीय निराकरणका लागि अनुरोध गरेको मन्त्रालयले जनाएको छ । मन्त्री अर्यालले मलेसियामा कार्यरत नेपाली श्रमिकको सेवा, शर्त, स्वास्थ्य सुविधा तथा कार्यवातावरणका सम्बन्धमा स्वदेशी तथा विदेशी कामदारबीच समान व्यवहारका लागि समकक्षीसमक्ष आग्रह गरे ।


Advertisment
Nabil box
Kumari

भेटमा दुई देशबीचको सम्झौताबमोजिमका सेवा, शर्त तथा सुविधा नेपाली श्रमिकलाई उपलब्ध गराउन, मलेसियामा कार्यरत नेपाली श्रमिकलाई सामाजिक सुरक्षा प्रणालीमा पूर्णरूपमा आबद्ध गराउन, सुरक्षा गार्डमा खटिने नेपाली श्रमिकलाई खटिएको समय र क्षमताअनुसार सम्मानयोग्य तलब प्रदान गर्न, औपचारिक माध्यमको प्रयोग गरी पठाउने कार्यमा मलेसियास्थित बैंक तथा वित्तीय संस्थालाई सहजीकरण गर्ने विषयमा छलफल भएको थियो । 

Vianet communication
Laxmi Bank

सो अवसरमा मलेसियाका गृहमन्त्री इस्मालीले दुई देशबीच भएको श्रम समझदारी कार्यान्वयन गर्न आफू प्रतिबद्ध रहेको स्पष्ट पारे । उनले मलेसिया सरकारले हालै ल्याएको ‘फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेसन प्लान’ एवं ‘इलिगल÷अनडकुमेन्टेड फरेन वर्कर रिक्यालिब्रेसन प्लान’का सम्बन्धमा जानकारी गराउँदै उक्त योजना कार्यान्वयनमा सहयोगका लागि नेपाल सरकारलाई अनुरोध गरेका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

नेपाली सेनाले अधिकृत क्याडेट पदका लागि दरखास्त आह्वान गरेको छ । सेनाको भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले शुक्रबार अधिकृत क्याडेट पदका लागि आवेदन आह्वान गरेको हो ।  नेपाली सेनामा रिक्त २२९ अधिकृत प...

कात्तिक २७, २०८०

ओखलढुंगा पलापुका तुलबहादुर माझी सोमवार दिउँसो हतार-हतारमा थिए । आफ्नी बहिनीसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका उनी ओमान जाँदै थिए ।  तिहारको मध्य दिनमा देश छाड्नु पर्दा न दिदीबहिनी खुशी थि...

पुस १७, २०८०

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियाली भाषा परीक्षाको फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा दुई जनाको ज्यान गएको घटनाका सम्बन्धमा सरकारले नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तेइयोङसँग छलफ...

मंसिर २२, २०८०

नेपाली सेनाले रिक्त पद पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय जंगी अड्डाले सूचना प्रकाशित गर्दै रिक्त पदमा आवेदन आह्वान गरेको हो ।  सूचनामा उल्लेख भएअनुसार प्राविधिक र विविध सेवातर्...

मंसिर ८, २०८०

नेपाली सेनाले विभिन्न रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले शुक्रबार सूचना जारी गर्दै सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूमा दरखास्त आह्वान गरेको हो ।  खुला तथ...

पुस ७, २०८०

नेपालीहरुको रोजगारीको आकर्षक गन्तव्य बनेको दक्षिण कोरियाका लागि आवेदकको बाढी देखिएको छ । ईपीएस मार्फत कोरिया जान १ लाख ४३ हजारभन्दा बढी नेपाली युवाले आवेदन फाराम  दिएका हुन् ।   ईपीएस को...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x