०१ असार २०८३, सोमबार

ट्याक्सी चालकले सांसदलाई ठग्न खोजेपछि....

कात्तिक २०, २०७४
ट्याक्सी चालकले सांसदलाई ठग्न खोजेपछि....

काठमाडौं, ६ भदौ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलको पार्किङमा आइपुगेका सांसद रामअयोधी यादवलाई ट्याक्सीचालकले सोध्यो, 'कहाँ से आया ? ' उनले पनि चालकको मनोविज्ञान बुझेर भनिदिए, 'बिहार से आया हुँ, मिलन चोक जाना है ।' धोतीकुर्तामा ठाँटिएका उनले चालकलाई ट्याक्सीको मिटर चलाउन भने तर उसले जाम हुनेलगायत समस्या देखाएर चलाएन । उनी चुपचाप बसे ।taxxi
आजको अन्नपूर्ण पोस्टमा खबर छ -चालकले विमानस्थलबाट दरबारमार्ग, माइतीघर मण्डला हुँदै बानेश्वरभित्रको मिलन चोक पुर्‍यायो । सांसद यादवले भाडा कति भयो भनेर हिन्दीमै सोधे । चालकले नौ सय माग्यो । 'ए भाइ, म बिहारी होइन । नेपाली सांसद हुँ, ट्राफिकको डीआईजी सर्वेन्द्र खनाललाई फोन गरेर भन्छु अनि तिर्नुपरेको सबै तिरौंला', उनले नेपालीमा भने । चालक अबचाहिँ डरायो र भन्यो, 'होइन हजुर, त्यसो नगरौं । ३ सय दिए पुग्छ ।'

सांसद यादवले यस्तो व्यथा संसद्को विकास समिति बैठकमा सोमबार सुनाएका हुन् । 'ट्याक्सी सेवामा गुणस्तरीयता, प्रभावकारिता एवं उपभोक्ता ठगी नियन्त्रणका लागि भएका प्रयास' शीर्षकको बैठकमा सांसदहरूले राजधानीमा ट्याक्सी चढ्दाका तीता अनुभव पोखे ।

salt training

कमेन्ट गर्नुहोस्