२६ जेठ २०८३, मंगलबार

शाली नदी मेलामा १ करोड सहयोग संकलन

शाली नदी मेलामा १ करोड सहयोग संकलन
प्रतिकात्मक तस्वीर

काठमाडौंको शाली नदीमा लागेको माधवनारायण मेलामा १ करोड २ लाख ४४ हजार सहयोग संकलन भएको छ । 

गत पुस २२ देखि शुरू भएको १ महिने स्वस्थानी (माधवनारायण मेला) को अन्तिम दिन आइतवारसम्म १ करोड बढी रकम सहयोग स्वरूप संकलन भएको माधवनारायण स्वस्थानी व्रत तथा सुधार समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठले जानकारी दिए ।

गत वर्ष कोरोनाका कारण भक्तजनका संख्या कम हुँदा  सहयोग रकम कम संकलन भएको थियो । यस वर्ष भक्तजनको संख्यामा वृद्धि हुनुका साथै शाली नदीमा आसपासमा सञ्चालन गरिएका पसलबाट भाडा उठाएकाले रकम बढी संकलन भएको श्रेष्ठले भनाइ थियो ।

उनका अनुसार संकलन भएको रकम र भाडाबाट उठेको पैसा माधवनारायण मन्दिर निर्माणमा खर्च गरिने छ । मन्दिरमा चढाइएको रकम माधवनारायण मेलामा खटिने कर्मचारी र मन्दिर व्यवस्थापनमा खर्च गरिने छ । 

१ महिनासम्म चलेको मेलामा यसवर्ष ३० लाखभन्दा बढी भक्तजनले मेला भरेको समितिले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्