०७ असार २०८३, आइतबार

प्रहरी महानिरीक्षक सिंह यूएई प्रस्थान

प्रहरी महानिरीक्षक सिंह यूएई प्रस्थान
फाइल फोटो

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह संयुक्त अरब इमिरेट्स (यूएइ) को अबुधाबीमा मंगलवारदेखि २६ गतेसम्म सञ्चालन हुने इन्टरपोलको २४औं एसियाली क्षेत्रीय सम्मेलनमा सहभागी हुन सोमवार त्यसतर्फ प्रस्थान गरेका छन् ।

महानिरीक्षक सिंहको नेतृत्वमा नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाका प्रहरी उपरीक्षक अनुपम शमशेर जबरासमेत त्यसतर्फ प्रस्थान गरेका हुन् ।

त्रिदिवसीय सम्मेलनमा एसियाली मुलुकका प्रहरी प्रमुख, इन्टरपोलका प्रतिनिधि तथा सरोकारवाला निकायबीच आर्थिक, साइबर, मानव बेचबिखन र आतंकवाद जस्ता अन्तरदेशीय अपराधको नियन्त्रण लगायतका विषयमा छलफल हुने कार्यक्रम छ । 

महानिरीक्षक सिंहको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापाले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नेछन् ।

salt training

कमेन्ट गर्नुहोस्