×

जाँचबुझ आयोगको निष्कर्ष

पोखरा विमान दुर्घटना– इन्जिन चलिरहेको थियो, अवतरण गर्न खोज्दा पंखाको एंगल मिलेन

माघ २३, २०७९

पोखरामा भएको यती एयरको विमान दुर्घटनाका सम्बन्धमा भएको जाँचबुझ बारेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ ।

पूर्वसचिव नागेन्द्रप्रसाद घिमिरेको संयोजकत्वमा गठित जाँचबुझ आयोगले जहाज अवतरण गर्ने क्रममा बेस लेगमा दुवै इन्जिनका प्रोपेलरहरू फेदरमा गएको पाइएको जानकारी दिएको हो ।


Advertisment

आयोगले प्रारम्भिक जानकारीसहितको विज्ञप्ति जारी गर्दै भनेको छ, 'फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको विश्लेषण र अनुसन्धानबाट दुर्घटनाग्रस्त 9N ANC जहाज अवतरण गर्ने क्रममा बेस लेग (Base Leg)मा दुवै इन्जिनका प्रोपेलरहरू फेदरमा गएको देखिन्छ,' आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'अत: उक्त जहाजका दुवै इन्जिन प्रोपेलर फेदरमा किन गयो भनी यस आयोगले प्राविधिक र मानवीय पक्षहरूबारे थप अनुसन्धान अगाडि बढाइसकेको ब्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।'


Advertisment

सामान्य बोलीचालीको भाषामा भन्नुपर्दा​ इन्जिन चलिरहेको भए पनि पंखाको एंगल नमिलेका कारण दुर्घटना भएको देखिएको जाँचबुझ आयोगका सदस्य सिनियर इन्जिनीयर एकराजजंग थापाले बताए ।

'इन्जिन चलिरहेको भए पनि अवतरणका क्रममा पंखाको ब्लेड एंगल नमिलेको जस्तो देखियो । के कारणले एंगल मिलेन भन्ने विषयमा छानबिन हुन बाँकी छ,' थापाले भने, 'मानवीय त्रुटिका कारण त्यस्तो भयो कि प्राविधिक त्रुटिका कारण भन्ने विषयमा अनुसन्धान गर्न बाँकी छ ।'

यही माघ १ गते यती एयरको एटीआर विमान पोखरा विमानस्थलनजिक सेती खोंचमा दुर्घटनाग्रस्त हुँदा चालक दलका ४ सदस्यसहित ७२ जनाको मृत्यु भएको थियो । 

हेर्नुहोस्, विज्ञप्ति :

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

x