२३ असार २०८३, मंगलबार

प्रधान सेनापति शर्माले गरे सैनिक तालिमको निरीक्षण

प्रधान सेनापति शर्माले गरे सैनिक तालिमको निरीक्षण

प्रधान सेनापति प्रभुराम शर्माले उपत्यका पृतना हेडक्वाटर अन्तर्गतका फौजहरु सम्मिलित तालिमको निरीक्षण गरेका छन् । सोमबार उनले ललितपुरको लेलेमा सञ्चालनमा रहेको तालिमको निरीक्षण गरेको जङ्गीअड्डाले जनाएको छ । 

सो अवसरमा प्रधानसेनापति शर्माले नेपाली सेनाका विभिन्न युनिटहरुको सामुहिक तालिमको अवलोकन गरे । सो क्रममा उनले तालिमका विविध पक्षहरुका बारेमा जानकारी लिएका थिए । सकल दर्जाका सैनिकलाई सम्बोधन गर्दै उनले लगनशीलता, इमान्दारिता र अनुशासन सैनिकको जीवन भएको बताए । 

salt training

कमेन्ट गर्नुहोस्