टर्की र सिरियामा गएको भूकम्पबाट मृत्यु हुनेको संख्या ३५ सय नाघेको समाचारमा जनाइएको छ । बीबीसीका अनुसार अनुसार ७.८ म्याग्नीच्युडको सो भूकम्पमा परी कैयन प्रभावित भएका छन् ।
भूकम्पले मुख्यतः टर्कीको नुरदागी र सिरियाको गाजिन्टेप्स प्रान्तलाई बढी प्रभाव पारेको छ ।
टर्कीको आपतकालिन प्राधिकरणका अनुसार टर्कीमा कम्तीमा सात हजार ६३४ जना घाइते भएको एएफएडीले जनाएको छ भने दुई हजार ८३४ भवन ध्वस्त भएका छन् । भग्नावशेष परेका मानिसको उद्धार गर्ने कार्य जारी छ ।
टर्की र सिरियाको सिमानामा केन्द्रबिन्दु भएर सोमबारपछि पनि अहिलेसम्म सात रेक्टर स्केलभन्दा बढी तीनवटा भूकम्प गइसकेको छ।