०६ असार २०८३, शनिबार

आगलागीबाट चौध वर्षीया बालिकाको मृत्यु

आगलागीबाट चौध वर्षीया बालिकाको मृत्यु

जुम्लाको चन्दननाथ नगरपालिका–१ मा गए राति  आगलागी हुँदा १४ वर्षीया बालिकाको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा चन्दननाथ –१ ठिन्केका लोकबहादुर भण्डारीकी १४ वर्षकी छोरी बन्दना भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिए । 

नगरपालिकाको दमकल, प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाको सहयोगमा आगो निभाइएको थियो । आगलागीबाट लोकबहादुरको तीन तले घर जलेर नष्ट भएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्याले आगलागी पीडितलाई सहयोग गर्न आग्रह गरिन् । रासस

salt training

कमेन्ट गर्नुहोस्