२५ जेठ २०८३, सोमबार

पाका कलाकार पदमप्रसाद पौडेलको निधन

पाका कलाकार पदमप्रसाद पौडेलको निधन

पाका कलाकार पदमप्रसाद पौडेलको निधन भएको छ ।

उनको ९२ वर्षको उमेरमा मंगलबार निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले जानकारी दिए ।

लामो समयदेखि दमको रोगबाट पीडित उनको बुढानीलकण्ठ चपलीस्थित घरमै निधन भएको हो । 

पौडेलको मंगलबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ ।

चलचित्र कलाकार संघका अध्यक्ष खड्काले पौडेललाई अन्तिम श्रद्धाञ्जली दिनका लागि बेलुका ६ बजे पशुपतिमा उपस्थित हुन कलाकारहरूलाई अनुरोध गरेका छन् ।

पाँच दर्जन बढी चलचित्रमा अभिनय गरेका पौडेलको पछिल्लो चलचित्र ‘ऐना झ्यालको पुतली’ थियो ।

टेलिफिल्म, म्युजिक भिडियो र विज्ञापनमा समेत उनले अभिनय गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्