२६ जेठ २०८३, मंगलबार

प्रधान सेनापति र स्विट्जरल्याण्डका राजदूतबीच भेटघाट

प्रधान सेनापति र स्विट्जरल्याण्डका राजदूतबीच भेटघाट

प्रधान सेनापति महारथी प्रभुराम शर्मा र नेपालका लागि स्विट्जरल्याण्डका राजदूत एलिजावेथ भन क्यापरबीच भेटवार्ता भएको छ। 

सेनाको मुख्यालय जंगी अड्डामा आज भेटघाट भएको हो । 

प्रधान सेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुईपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्