२९ जेठ २०८३, शुक्रबार

जाडोमा यसरी घरैमा बनाउनुस् डार्क चकलेट कफी

माघ २५, २०७९
जाडोमा यसरी घरैमा बनाउनुस् डार्क चकलेट कफी

जाडोमा कफी पिउन सबैलाई मन लाग्छ । सधैं एउटै स्वादको कफी पिउँदा झ्याउ लाग्न सक्छ । 

तपाईंका लागि डार्क चकलेट कफी उपयुक्त विकल्प हुन सक्छ । यहाँ हामी यो कफी बनाउने विधि बताउँछौं । 
सामग्री

दूध दुई कप
डार्क चकलेट तीन टुक्रा

कफी पाउडर एक सानो चम्चा

अलैंचीको धूलो आधा सानो चम्चा

चिनीको धूलो पाँच सानो चम्चा

विधि

शुरूमा एउटा भाँडोमा दूध राख्नुस् र सानो आगो बालेर तताउनुस् । 

दूध हलुका मात्र तताउने हो । 

दूध तातेपछि कफी पाउडर राख्नुस् । 

कफी पाउडरलाई दूधमा राम्ररी घोल्नुस् । 

त्यसपछि दूधलाई मिक्सरमा राखेर डार्क चकलेट फुटाई त्यो पनि मिसाउनुस् । 

अब त्यसमा अलैंचीको धूलो र चिनीको धूलो राख्नुस् । 

अब मिक्सरमा सबैलाई ग्राइन्ड गर्नुस् । 

त्यसपछि त्यसलाई निकालेर हलुका तताउनुस् ।

अनि स्वादिलो कफी कपमा राखेर पिउनुस् । 

salt training

कमेन्ट गर्नुहोस्