
टीभीएस स्कूटर र मोटरसाइकलका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले भ्यालेन्टाइन डेको अवसर पारेर सम्पूर्ण स्कूटरमा ‘टीभीएस लभ एक्सप्रेस’ योजना ल्याएको छ ।
योजनाको थिम ‘एक्सप्रेस द पावर अफ लभ’ रहेको छ । योजनाअन्तर्गत उपभोक्ताले कुनै पनि मोडलको नयाँँ टीभीएस स्कूटर खरिदमा ६ हजार रुपैयाँसम्मको स्योरशट नगद छुट पाउने जनाइएको छ ।
जगदम्बा मोटर्सले जुपिटर क्लासिक, वेगो एफआई लगायत नेपालमा सबैभन्दा बढी रुचाइएको स्मार्ट स्पोर्टी स्कूटर एन्टर्क बिक्री वितरण गर्दै आइरहेको छ । ‘स्मार्ट कनेक्टयुक्त एन्टर्क नेपालमा सबैभन्दा बढी बिक्री हुने प्रिमियम स्कूटर हो । टीभीएस एन्टर्क रेस एक्सपी नेपालको पहिलो र एक मात्र १२५ सीसीको स्कूटर हो, जसमा भएको बीएस ६ र आरटी(एफआई इन्जिनले एक्स्ट्रा माइलेज दिन्छ । स्कूटरले १० बीएचपीभन्दा बढीको पावर जेनेरेट गर्छ । यो स्कुटरमा एक्सपी अर्थात् एक्स्ट्रा पावरका कारण राइड गर्दा पहिलेको भन्दा अझै पावरफुल भएको अनुभव हुन्छ,’ कम्पनीले प्रेषित गरेको विज्ञप्तिमा उल्लेख छ ।
योजनाअन्तर्गत ग्राहकले जम्मा ३ हजार ९९९ रुपैयाँ (१३३ प्रतिदिन), २५% डाउन पेमेन्ट गरेर ११।९९% ब्याजदरमा स्कूटर खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । योजना माघ २४ गतेदेखि फागुन १६ गतेसम्म लागू हुनेछ ।